४ आश्विन २०८१, शुक्रबार

देशको समस्या समाधान गर्ने अन्तीम विकल्प वैज्ञानिक समाजवाद होः प्रकाण्ड सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले अहिलेको देशको समस्याको समाधान गर्ने अन्तीम विकल्प वैज्ञानिक समाजवाद भएको बताएका छन ।

नेकपा कालिकोटले बुधवार माल्कोटमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले देशको समस्या समाधानको अन्तीम विकल्प वैज्ञानिक समाजवाद मात्र भएको बताएका हुन ।

उनले नेपाली जनताको मुख्य दुश्मन साम्राज्यवाद र दलाल संसदीय पूँजीवादी व्यवस्थाा भएको जिकिर गर्दै देशमा देखिएका तमाम समस्याहरु यसकै उपज भएको बताए ।

प्रवक्ता प्रकाण्डले दलाल पूँजीवादले समस्याको समाधान दिन नसक्ने ठोकुवा गर्दै नेपालमा समाजवादी व्यवस्था स्थापनाका लागि समाजवादी मोर्चा बनेको बताए ।

उनले नेपाली विशेषताको समाजवाद हुदै नेपालमा वैज्ञानिक समाजवाद स्थापना नै अहिलेको समस्याको अन्तीम निकासको विकल्प भएको तर्क गरे ।

प्रवक्ता प्रकाण्डले भने “बैज्ञानिक समाजवाद स्थापना गर्ने बाटोमा सबै कम्युनिष्टहरु एक हुनुपर्छ । अहिलेको तत्कालिन समस्याको समाधान दिन नेपाली विशेषताको समाजवाद चाहिन्छ । क्रान्तिकारी,देशभक्त,प्रगतिशील शक्ति एकजुट भएर नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ ।”

उनले जनयुद्ध राजतन्त्रको अन्त्य गरी समाजवाद ल्याउने उद्देश्यले भएको भन्दै केही प्रतिक्रान्तिकारी प्रतिगामी शक्तिहरुले फेरी राजतन्त्र फर्काउने कुरा गर्नु असम्भव भएको बताए ।

उनले सबै अग्रगामी शक्तिहरुले समयमा नसोच्ने हो भने देश गम्भीर संकटमा जाने र देश विदेशीहरुको रणमैदान हुने बताए ।
उनले नेकपाको काँधमा अहिलेको संकटको निकास दिने मुख्य जिम्मेवारी आएको भन्दै त्यसको लागि सबै नेता कार्यकर्ताहरु तयार हुन निर्देशन दिए ।

प्रवक्ता प्रकाण्डले संसदवादी भित्रका र समाजवादी मोर्चा भित्रका दलहरु यदि समाजवादमा जान डराउने अवस्था भए समाजवाद र दलाल पूँजीवादका वारे जनतालाई फैसला गर्न दिनु पर्ने बताए ।

उनले त्यसका लागि जनमतसंग्रह गरिनु पर्ने विचार राखे । प्रवक्ता प्रकाण्डले समाजवादमा जान पनि तयार नहुने,जनमतसंग्रह गर्न पनि तयार नहुने अवस्था आए नेकपाले कुनै पनि हालतमा क्रान्तिको नेतृत्व गर्ने र नेपालमा वैज्ञानिक समाजवाद ल्याउने विश्वास दिलाए ।

प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराट सी,नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सी,अर्जुन सी,कमल सी, विश्वास सी,ललित सी,समग्र सी लगायतको आतिथ्यता रहेको थियो ।

नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलमान सीको अध्यक्षता, रमेश सीको स्वागत मन्तव्यमा सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी साहासी सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।