४ आश्विन २०८१, शुक्रबार

जनसम्बन्ध विस्तार अभियान तीव्र पार्दै सम्पर्क साधारण शाखा, दोश्रो सेल कमिटी गठन

0

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाले जनसम्बन्ध विस्तार अभियानलाई तिब्रता दिएका छ । अभियानको दोश्रो दिन कागेश्वरीमनोहरा नगरपालिका वडा न. ८ मा सेल कमिटी गठन गरेर शाखाले अभियानलाई तिब्रता दिएको हो ।

अभियान अन्तरगत बुधबार आयोजित भेलाले भिम तमाङको संयोजकमा ११ सदस्य सेल कमिटी गठन गरेको छ । कमिटीको सदस्यहरुमा कुमारी सी, रमा पाण्डे, कजि मोक्तान, मानबिर दोङ, राज तमाङ, पुर्न भुजेल, कान्छा लामा, विवेक खत्री, सुजन बस्नेत, शोभा पोख्रेल रहेका छन् ।

भेलामा नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा शाखाका इन्चार्ज कमानसिंह सीको प्रमुख आतिथ्यता रहेको थियो भने भेलाको अध्यक्षता बिष्णु सीले गरेका थिए । भेलामा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य इच्छुक सी, शाखाका सेक्रेटरी अनिल सी, महासचिव सुशील सी, कागेश्वरी ८ का सेक्रेटरी कुमार सी, सिर्जना सी, ज्योति सीको उपस्थिति रहेको थियो ।

अभियान कार्यक्रममा प्रशिक्षणत्मक मन्तव्य राख्दै संगठनका इन्चार्ज कमानसिह सीले सबै सेल कमिटीका सम्पूर्ण साथीहरुलाई एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार पार्टीको जिम्मेवारी पुरा गर्नु अनुरोध गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।