४ आश्विन २०८१, शुक्रबार

नेकपा कालिकोटको संयुक्त बैठक सुरु

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी र पश्चिम कालिकोटको संयुक्त बैठक सुरु भएको छ । जिल्लाको माल्कोटमा नेकपाका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा दुबै जिल्लाको संयुक्त बैठक आज विहानबाट सुरु भएको हो ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य विराट सी,नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सी,नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सी लगायतका अतिथिहरुको सहभागीता रहेको छ ।

बैठकमा जिल्लाको कामकार्वाहीको बारे जिल्ला समितिका सदस्यहरुबाट अहिले रिपोटिङ्ग पेश भईरहेको नेकपा कालिकोटले जनाएको छ ।
रिपोर्ट प्रस्तुत गर्ने कार्य सकिएपछि बैठकमा नेकपाका प्रवक्ता प्रकाण्डले प्रशिक्षण तथा निर्देशन मन्तब्य दिने बताईएको छ ।

बैठकले पुरानो योजनाको समिक्षा तथा नयाँ योजनाको प्रभावकारी कार्यन्वयका विषयमा आवश्यक निर्णय लिने पूर्वी कालिकोटका सेक्रेटरी साहासी सीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।