३ जेष्ठ २०८१, बिहीबार

कालिकोटमा पत्रकारबाटै सर्वसाधारण माथि कुटपिट

0

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाको वडा नम्वर ३ कुमालवाडामा पत्रकार कर्ण कुमाल सहित दुईजनाले एकजना सर्वसाधारण माथि गम्भीर घाईते हुने गरी कुटपिट गरेका छन ।

कुमालवाडाकै खेमराज कुमाल माथि मंसिर १० गते राती ९ बजे आफ्नै घरमा काम छ भन्दै बोलाएर गम्भीर घाईते हुने गरी कुटपिट गरेका हुन ।
खेमराज माथि नेपाल पत्रकार महासंघ कालिकोटका सहसचिव रहेका पत्रकार कर्ण र उनका दाई नौल्या कुमालले घरको ढोका बन्द गरेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
पत्रकार कुमालकी वहिनी सवला कुमाल र घाईते खेमराजका छोरा गोविन्द कुमाल बिच २०७५ सालमा भागि विहे गरेको विषयमा कुटपिट भएको बताईएको छ ।

करिब १ महिना पोईली घर बसेकी सवलालाई केटा गोविन्दको घरपरिवारले टिका टालो सहित नासो तुसी गरेर माईती पु्याएका थिए ।

तर बहिनीले केटा गोविन्दसंग भागेर विवाह गरेको भन्दै पत्रकार कर्णले र उनका घरपरिवारले अस्वीकार गर्दै आएका थिए ।

विवाह गरेको करिब पाँच वर्षसम्म केटा गोविन्द र केटी सवला आ–आफ्नै घरमा अर्को विवाह नगरी बसेका थिए । माईतीले केटी सवलालाई दबावमा राखेर पोईलीघर जान दिएका थिएनन् ।

घटनाका घाईते खेमराजले भने “५ बर्ष अघि केटा केटीले भागी विवाह गरे । माईतिले स्वीकार गरेनन् । अहिले सम्म नमिलेको कुरामा छलफल छ घरमा आउनु भनेर बोलाए । १० गते राती म सहित दाई डब्वले कुमाल केटीको घर गयौं । तर घर पुग्ना साथ पत्रकार तथा केटीको दाई कर्ण र नौल्या कुमाले ढोका बन्द गरेर मरणसन्न हुने गरी कुटपिट गरे । भागेर ज्यान बचाए ।”

खेमराजले आफ्नोे छाती,नाक,मुख,टाउको र गुप्ताङ्गमा चोट लागेको बताएका छन । घाईते खेमराजले घटना पछि जिल्ला प्रहरी कार्यालय मान्ममा ज्यान मार्ने उद्योगको मुद्धा दिएका छन ।

तर प्रहरीले भने मुद्धा दर्ता गरेको छैन । खेमराजले भने “पीडिकहरु गल्ती भयो भन्दै आएका छन छलफलमा छौ । मैले बुहारी घरमा पठाए जिम्मा लिने हो । यदि कुरा मिलेन भने मुद्धा अगाडि बढछ ।”
घटनामा संलग्न पत्रकार कर्ण र उनका दाई नौल्यालाई प्रहरीले मंसिर १२ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मान्म ल्याएको छ ।

प्रहरीको हिरासत कक्षमा एक दिन बसेका दुबै जनालाई बुधवार केटापक्षका अगुवाहरुले जमानीमा हिरासत बाहिर राखेका छन् ।

शान्ति,समृद्धि,समानता,प्रेश तथा अभिव्यक्ति स्वतन्त्रका पक्षमा कलम चलाउने पत्रकारिता पेशामा लागेको जिम्मेवार व्यक्तिबाट यस्तो घटना हुनु आपत्तिजनक भएको स्थानीयले बताएका छन । उनलाई कानुनी कार्वाही गरिनुपर्ने एकथरीको माग छ ।

तर गाउँघर र इष्टमित्र बिचको घटना भएकाले गाउँमै समस्याको समाधान गर्नुपर्ने अर्कोथरीको बुझाई छ । घटनाका विषयमा केटा र केटीपक्ष बिच आज पनि छलफल हुने बताईएको छ । कुटपिट गरिएका खेमराज नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सीका दाई हुन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।