४ आश्विन २०८१, शुक्रबार

निर्माण मजदुर संघको राष्ट्रिय भेला सम्पन्न,अध्यक्षमा शिव सी निर्वाचित

0

काठमाडौ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगतको निर्माण मजदुर संघको राष्ट्रिय भेला शनिवार काठमाडौमा भब्य रुपमा सम्पन्न भएको छ ।

भेलाले शिव सीको अध्यक्षतामा २१ सदस्सीय केन्द्रीय समिति निर्वाचित गरेको छ । भेलामा जनवर्गीय संगठनका फ्याक्सन इन्चार्ज शिलु सीले सम्वोधन गर्दै मजदुरहरु क्रान्तिको महत्वपूर्ण दस्ता भएको बताईन ।

उनले अहिलेको नेपाली राजनीतिमा दलाल संसदीय व्यवस्थाका कारण किसान,मजदुर,विद्यार्थी,महिला,दलित,जनजाति,उत्पीडित क्षेत्र जाति जनजाति कसैको अधिकार सुरक्षित नगरेको बताइन ।

उनले सबैको अधिकार प्राप्तिको लागि बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने धारणा राखिन ।

नेकपाको स्थायी समिति सदस्य समेत रहेकी शिलुले नेपालको दलाल व्यवस्थाको अन्त्य नगरे सम्म नेपाली जनता र त्यस भित्रको पसिना बगाउने मजदुर वर्गको मुक्ति असम्भव रहेको बताईन ।

कार्यक्रममा नेकपाका पिविएम चिरन पुन लगायतका नेताहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।