३ मंसिर २०८१, सोमबार

समाजवादी मोर्चा नुवाकोटको पहिलो बैठक सम्पन्न, मङ्सिर ३० गते सन्देश सभा गर्ने

0

विदुर– समाजवादी मोर्चा नेपाल, नुवाकोटको पहिलो बैठक सम्पन्न भएको छ । शनिबार नेकपा पोलिटब्युरो सदस्य तथा मोर्चाका बागमती प्रदेश सचिवालय सदस्य माइला सीको प्रमुख आतिथ्यतामा पहिलो बैठक बसेको हो । बैठकले मङ्सिर ३० गते जिल्लाको विदुरमा सन्देश सभा गर्ने निर्णय गरेको छ ।

नेकपाका जिल्ला इन्चार्ज निर्देश सी (गोपाल) को अध्यक्षतामा बसेको बैठकले मोर्चालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको थियो । ‘नुवाकोटमा मोर्चाको जिल्ला समन्वय समिति गठन गरी कार्याक्रमलाई शसक्त ढंगबाट अगाडि बढाउने निर्णय गरियो ।’, बैठकपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

बैठकमा नेकपा पोलिटब्युरो सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजाद सी, माओवादी केन्द्रको तर्फबाट नुवाकोट जिल्ला संयोजक पुष्प लामिछाने (अरुण), माओवादी केन्द्रका बागमती प्रदेश सल्लाहकार समिति सदस्य इन्द्रबहादुर पण्डित, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट केन्द्रिय परिषद सदस्य याम बहादुर खाति (क्षेत्री), नेकपा नुवाकोट जिल्ला सेक्रेटरी संगम सी, युवा संगठन नेपालका पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज जीवन सीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।