४ आश्विन २०८१, शुक्रबार

नेकपा लुम्बिनी भुइँचालोले क्षतिग्रस्त क्षेत्रमा पुनर्निर्माणका लागि जाने

0

बुटवल: भुइँचालोले क्षतिग्रस्त क्षेत्र भएको सल्यानको दार्मा गाउँपालिकाको ढाकाबाङमा नेकपा पूर्वी लुम्बिनी ब्युरोको टिम पुनर्निर्माणका लागि जाने भएको छ । नेकपा पोलिटब्युरो सदस्य एवं ब्युरो इन्चार्ज बसन्त सीको नेतृत्वमा पुनर्निर्माण एवं राहतका लागी प्रस्थान गर्ने तयारी गरेको हो ।
पहिलो चरणमा पुनर्निर्णाण टिममा पार्टी केन्द्रीय सदस्यहरु, केन्द्रीय प्रतिनिधि सदस्य, जिल्ला इन्चार्ज, सेक्रेटरी, जवस मोर्चालगायत नेता कार्यकर्ता एवं पार्टी सदस्यहरु सहित २५ जनाको सहभागिता रहने व्युरो इन्चार्ज बसन्त सीले बताएका छन् । उनले भुइँचालोले क्षतिग्रष्त सल्यानको ढाकाबाङका जनताको उद्दार, राहत र पुनर्निर्माणका लागि नेकपाको टिम उक्त स्थानमा जान लागेको बताए । पुनर्निर्माणका लागि जाने टिममा रुपन्देही, गुल्मी, पाल्पा, नवलपुर, नवलरासी जिल्लाका नेता कार्यकर्ताको प्रतिनिधित्व रहने उनले बताएका छन् ।
यसअघि पूर्वी लुम्बिनी ब्युरोको तर्फबाट रुपन्देही जिल्लाले चार लाख बराबरको जिन्सीहरु पार्टी केन्द्रीय कार्यालय मार्फत् भूकम्प प्रभावित क्षेत्रमा राहत पठाइसकेको छ । अहिले जाजरकोट जिल्लामा पार्टी केन्द्रीय सदस्य संगम सी, रुकुम र सल्यान जिल्लामा पिबिएम सविन सीको नेतृत्वमा उद्दार, राहत वितरण तथा पुनर्निर्माण कार्य चलिरहेको छ । यसअघि पार्टी महासचिव विप्लव सी उक्त क्षेत्रमा पुगेर राहत वितरण र पुनर्निर्माण कार्यमा सहभागि भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।