४ आश्विन २०८१, शुक्रबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पूर्वी नारायणी ब्यूरोको भेला सम्पन्न

0

बारा । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनिय महासंघ पूर्बी नारायणी ब्यूरोको भेला शनिवार बारामा सम्पन्न भएको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनिय महासंघको पूर्बी नारायणी ब्यूरोले आयोजना गरेको भेलाले ट्रेड युनिय महासंघको पूर्बी नारायणी ब्यूरो निर्वाचित गरेको छ ।

भेलाले इमरान देबानको अध्यक्षतामा ५ सदस्यसीय ट्रेड युनिय महासंघको पुर्बी नारायणी ब्यूरो निर्वाचित गरेको हो ।
भेलाले क्रान्तिकारी ट्रेड युनिय महासंघको मातहतमा चल्ने रहने गरी विभिन्न ८ बटा पेशागत संगठनको १९ सदस्सीय प्यानेल पनि घोषणा गरेको छ । भेलाले पेशागत संगठनको अध्यक्षमा शम्भु हवारीलाई निर्बाचित गरेको छ ।

यस्तै भेलाबाट शम्भु हवारीको अध्यक्षतामा २४ सदस्सीय अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी महासंघको यातायात मजदुर संघ पनि निर्वाचित गरेको छ ।
भेलाका प्रमुख अतिथि नेकपाका पिविएम तथा नारायणी व्यूरो इन्चार्ज रक्तिम सीले मन्तव्य राख्दै क्रान्तिको नेतृत्व गर्ने शक्ति मजदुर भएको बताए ।
उनले नेपालमा दलाल संसदीय व्यवस्था परिवर्तन विना मजदुरहरुका समस्या पनि नेपालमा समाधान नहुने भन्दै समाजवादी व्यवस्थाका लागि सम्पूर्ण मजदुरहरु एकतावद्ध हुनुपर्ने धारणा राखे ।

नेता रक्तिमले नयाँ निर्वाचित भएका नेतृत्वहरुको कार्यकाल सफलताको हार्दिक शुभकामना समेत व्यक्त गरे ।
भेलाका अतिथि अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी महासंघका केन्द्रीय सदस्य तथा यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष लालबहादुर सीले मजदुर विनाको कुनै पनि क्रान्तिकारी पार्टी हुन नसक्ने भन्दै क्रान्तिको अगुवाई मजदुरहरुले गर्ने बताए ।

उनले नेपालका सबै मजदुरहरु एक हुने हो भने दलाल संसदीय व्यवस्था छिट्टै परास्त हुने र नेपालमा समाजवादी व्यवस्था स्थापना हुने पनि दाबी गरे ।

भेलामा क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष दिनेश सी,पार्टी केन्द्रीय सदस्य बिनोद सी, नेकपा रौतहट जिल्ला ईन्चार्ज शिवसंकर सी, नेकपा पर्सा जिल्ला सेक्रेटरी फिरोज सीले पनि शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन दिलमोहमत अनसारीले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।