४ आश्विन २०८१, शुक्रबार

समाजवाद चाहने कम्युनिष्टहरु एकठाउँमा आउनुपर्छः कृति सी

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पिविएम तथा उपत्यका व्यूरो इन्चार्ज कृति सीले नेपालमा समाजवाद चाहाने कम्युनिष्ट शक्तिहरु एकठाउँमा आउनु पर्ने बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौं जिल्लाको संयुक्त वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रमको शनिवार कलंकीमा सम्वोधन गर्दै व्यूरो इन्चार्ज कृतिले यस्तो कुरा बताएका हुन ।

उनले नेपालमा समावाद चाहाने र साम्यवाद चाहने कम्युनष्टिहरु एकठाउँमा नआए सम्म दलाल संसदीय व्यवस्थाको अन्त्य हुन नसक्ने ठोकुवा गरे ।

व्यूरो इन्चार्ज कृतिले भने,‘नेपालका कम्युनिष्ट शक्ति मात्र होइन देशभक्त,प्रगतिशील,क्रान्तिकारी सबै शक्तिहरु एकतावद्ध हुनुपर्छ । नेपालको दलाल संसदीय पूँजीवादी राज्यसत्ताको विस्थापित गरी नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ ।’
उनले नेपालमा राजतन्त्र फर्काउने जस्तो दुर्गा प्रसाईको कुराले नेपालका समस्या समाधान नहुने दाबी गरे ।

नेता कृति सीले संविधासभाको चुनाव हुनु अघि नै नेपालमा बैज्ञानिक समाजवाद चाहिन्छ भनेर आफ्नो पार्टीले भनेको तर नेपालका संसदवादीहरुले नमान्दा र माओवादीको एउटा हिस्सा संसदवादमा पुग्दा नेपालको पछिल्लो समस्या सृजना भएको बताए ।
उनले नेपालको पछिल्लो समस्या समाधानको विकल्प बैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवाद भन्दा अर्को कुनै बाटो नहुने दाबी गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ज्ञानु सीले नेकपाले लिएको विचार लाईन सहि भएको र यसमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिईन ।

उनले एमसीसी जस्तो राष्ट्रघाती परियोजना नेपालबाट फिर्ता हुनुपर्ने पनि बताईन । कार्यक्रममा नेकपाका ३ नम्वर काठमाडौं जिल्ला इन्चार्ज डिआर सीले समाजवाद नेपालका लागि अनिवार्य जस्तै भएको बताए ।

रुपसिंङको अध्यक्षतामा र अनिल सीको स्वागत मन्तव्यमा सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन डिआर सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।