६ जेष्ठ २०८१, आईतवार

माओवादीका सबै नेताहरुले समिक्षा गर्नुपर्छः विष्णु बेलवासे

0

कपिलबस्तु । नेकपा माओवादी केन्द्रका कपिलवस्तुका इन्चार्ज विष्णु बेलवासेले माओवादी धारका सबै नेताहरुले समिक्षा गर्ने बेला आएको बताएका छन ।

नेकपा पश्चिम कपिलवस्तुले शुक्रवार चन्द्रौटाबजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।
उनले भने “हामी समक्षिा गर्नु पर्छ, ६० प्रतिशत कमजोरी गरेका छौ । आशा लाग्दो निस्कलंकित नेता विप्लव छन । माओवादी सबैले समिक्षा गरेर कमजोरी सच्याउदै एकताबद्ध हुनपर्छ ।”

उनले माओवादी नेताहरुले समिक्षा गरेमा देशको समस्याको समाधान निस्किने विश्वास पनि व्यक्त गरे ।

उनले समाजवादी आन्दोलनको तयारी गर्न माओवादी एक हुनैपर्ने तर्क गर्दै माओवादी विभाजनले दिनप्रतिदिन कमजोर हुदै गएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।