४ आश्विन २०८१, शुक्रबार

‘सी गाउँबासी’को गुनासोः ‘हामीलाई दलाल ब्यवस्थाको सौतेनी ब्यबहार भयो’

0

कालिकोट । जिल्लाको ‘सी गाउँ’ माल्कोटका स्थानीयबासीहरुले दलाल संसदीय ब्यबस्थाबाट आफूहरु माथि सौतेनी ब्यबहार हुने गरेको गुनासो गरेका छन ।

आईतबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीसंग अनौपचारिक भेटघाटका क्रममा स्थानीयबासीहरुले यस्तो गुनासो गरेका हुन ।

सी गाउँबासीहरुले प्रकाण्डको गाउँ र नेकपाको आधारभूमी भएको कुरा गरेर स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारबाट आउने विकासे योजना देखि अन्य सेवा सुविधाहरु माथि सौतेनी ब्यबहार हुने गरेको बताएका छन ।

सी गाँउबासी कमल बटालाले स्थानीय सरकार देखि केन्द्रीय सरकारले माल्कोटको सी गाउँलाई हेर्ने दृष्टिकोणमा विभेद गर्ने गरेको बताए ।
उनले नेकपाका प्रवक्ता प्रकाण्डको गाउँ भएकाले पनि विकास प्रकाण्डले गर्छन भनेर यहाँको जनता माथि अन्याय हुने गरेको बताए ।

माल्कोट गाउँ १० वर्षिय जनयुद्धको बेला अग्रमोर्चामा लड्ने गाउँ हो । यो गाउँका स्थानीय महिला तथा पुरुषहरु अत्यधिक विद्रोही स्वभावका छन ।
राज्यले गर्ने कुनै पनि सौतेनी ब्यबहारको हिजो पनि यो गाउँले सहेन भने आज पनि सहने पक्षमा छैन ।
विद्रोहको केन्द्र बिन्दुको रुपमा चिनिएको माल्कोटलाई नेकपा कालिकोटले यही मंसिर १२ गते मात्र ‘सी गाउँ’ घोषणा गरेको थियो ।

सी को अर्थ कम्युनिष्ट अथवा साम्यवादी हो । अब यो गाउँले कम्युनिष्ट तथा साम्यवादी संस्कार,संस्कृति ब्यबहारको पालना गर्नेछ ।

स्थानीय महिलाहरुले २०५४ साल चैत्र २६ गतेको दिन जनदमन गर्न माल्कोट पुगेको प्रहरीलाई लख्ट्दै गाउँबाट भगाएर हतियार खोसेर पार्टीलाई बुझाएको बहादुर गाउँ पनि हो ।

अहिले पनि यो गाउँबाट ३३ जनाको जनयुद्धमा बलिदान भएको छ भने एकीकृत जनक्रान्तिमा १ जनाको बलिदान भएको छ ।
यो गाउँमा जनयुद्धमा बगेको रातो रगत अहिले पनि सुकेको छैन । स्थायनीयबासीले माल्कोटलाई ‘सी गाउँ’ घोषणासंगै प्रतिगामी तथा कम्युनिष्ट क्रान्तिकारी विरोधीहरुले घेराबन्दी गर्ने गरेको गुनासो पनि गरेका छन ।

स्थानीयबासी सर्मिला विकले क्रान्तिकारी पार्टीलार्ई र नेतृत्वलाई कुनैपनि हालतले कमजोर बनाउन सकिन्छ की भनेर परिवर्तन विरोधीहरुले सी गाउँलाई सौतेनी ब्यबहार प्रदर्शन गर्ने गरेको बताईन । नेकपाले आफै सडक खनेर विकास गर्न खोज्दा पनि प्रतिगामीहरुले अवरोध गरेको खुलासा गरिन् ।

‘नेकपाले प्रतिवन्धकालमै जिल्लाको खुलालुबाट माल्कोट हुदै रुप्सा सम्म सडक खन्ने काम सुरु गरेकोे थियो, प्रहरी प्रशासन र स्थानीय सरकारले समेत सडक खन्ने योजनालाई रोकावट गरेका थिए’ स्थानीय सर्मिलाले भनिन, ‘यहाँका प्रतिगामीहरु नेकपाको विकास देख्न चाहादैनन्,केही परिवर्तन विरोधीहरुले जतापनि बखेडा निकाल्छन ।’

अनौपचारिक भेटघाटका क्रममा अधिकाँस सी गाउँबासीले सरकारमा भएका दलहरुले माल्कोटलाई सौतेनी ब्यबहार गरेको बताए ।
उनीहरुले आउने दिनमा त्यस्ता कृयाकलाप बन्द हुने बतावरण बनाउन नेकपाका प्रवक्ता प्रकाण्ड समक्ष अनुरोध गरे ।

स्थानीयवासीहरुले नेकपाले गरेको क्रान्तिले मात्र आफ्नो मुक्ति संगै सहिदको सपना पुरा हुने एकमात्र आशा देखेको बताए । सी गाउँबासीहरुले जनतालाई प्रचण्ड बावुराले धोका दिए जस्तो नगर्न नेकपालाई सुझाव पनि दिए ।

उनीहरुले अहिलेको सरकारमा हुने दलहरु भ्रष्ट,दलाल,व्याभिचारी,कमिशनखोरी जस्ता गलत कृयाकलापमा लिप्त भएकाले यिनीहरुबाट जनताको अपेक्षा पुरा हुने सम्भावना नभएको बताएका छन ।

भेटघाटमा नेकपाका प्रवक्ता प्रकाण्डले जनताको गुनासो सहि र जाहेज भएको बताउदै त्यस्ता विभेदकारी र सौतेनी व्यवहारको अन्त्य हुने गरी नेकपाले काम गर्ने विश्वास दिलाए ।

उनले सीगाउँबासीलाई आफू बाहिर भएपनि नेकपा सी गाँउबासीको साथमा रहेको र कुनै पनि समस्याको समाधान गर्न नेकपा हरहमेसा तयार रहेको बताए ।

अनौपचारिक भेटघाटमा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चा संयोजक विराट सी,मध्य कर्णाली ब्यूरो इन्चार्ज विबेक सी र नेकपाका केन्द्रीय सदस्य बलमान सी लगायतका नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । (फोटो पृथ्वीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।