६ जेष्ठ २०८१, आईतवार

अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनको तयारीको लागि मध्य कमाण्डको बैठक सम्पन्न

0

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनको तयारीको लागि मध्य कमाण्डको प्रथम बैठक आईतवार काठमाडौंमा सम्पन्न भएको छ ।

सङगठनका फ्याक्सन इन्चार्ज तथा नेकपाका स्थायी समिति सदस्य शिलु सीको प्रमुख आतिथ्यतामा प्रथम बैठक सम्पन्न भएको हो ।

बैठकलाई स्थायी समिति सदस्य शिलुले सम्वोधन गर्दै अनेरास्ववियू (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न हुने गरी तयारी गर्न निर्देशन दिइन् ।

उनले विद्यार्थी भनेको राष्ट्रको महत्वपूर्ण खम्बा भएको भन्दै देशको नेतृत्व युवा विद्यार्थीले गर्नुपर्ने बताईन ।
फ्याक्सन इन्चार्ज शिलुले क्रान्तिकारी विद्यार्थी संगठनले क्रान्तिको महत्वपूर्ण कार्यभार समालेको उल्लेख गर्दै समाजवादी क्रान्ति पुरा गर्ने कार्यभार २३ र्औ राष्ट्रिय सम्मेलनले लिनुपर्ने बताईन ।

बैठकका विशिष्ट अतिथि अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सीले विद्यार्थीहरु दलाल व्यवस्थाका विरुद्ध एकभएर क्रान्ति पुरा गर्ने गरी सम्मेलनको तयारीमा जुट्न आवश्यक भएको बताए । बैठकमा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र सी, महासचिव ललित सीको पनि उपस्थिति रहेको थियो ।

बैठकले ‘मध्य कमाण्डमा २३ औं राष्ट्रिय सम्मेलन, बिशेष विद्यार्थीसंग अखिल (क्रान्तिकारी)’ भन्ने मुलनारा सहित अभियान संचालन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सम्मेलन तयारीको लागि अरु महत्वपूर्ण थप निर्णय गर्दै केही कार्यविभाजन पनि गरेको अखिल(क्रान्तिकारी)ले जनाएको छ ।
अखिल (क्रान्तिकारी)ले आफ्नो २३ औं राष्ट्रिय सम्मेलन आगामी माघ १० गते देखि १३ गते सम्म काठमाडौंमा गर्ने यसअघि नै निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।