३ जेष्ठ २०८१, बिहीबार

नेकपाका प्रवक्ता प्रकाण्डद्धारा लालुलैफु सडकको तेस्रो खण्ड उद्घाटन

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले लालुलैफु सडक अन्तरगत काम रोकिएको माल्कोटको चिउरीबाट तेस्रो सडकखण्डको साबेलले बाटो खनेर कामको उद्घाटन गरेका छन ।

आईतवार स्थानीय जनता,पार्टी कार्यकर्ता तथा नेताहरु, स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा साबेलले बाटो खनेर प्रवक्ता प्रकाण्डले सडक निमार्ण कार्यको उद्घाटन गरेका हुन ।

उद्घाटनका क्रममा प्रवक्ता प्रकाण्डले जनताको समस्या समाधान गर्ने लक्ष्य लिएर जनयुद्ध लडेको र अहिले क्रान्ति पुरा नभएकाले सबै पुरा गर्न नसकिएको बताए । उनले क्रान्ति पुरा गरेर जनताका सबै सपना पुरा गर्ने अठोट पनि व्यक्त गरे ।

२०८० मंसिर १७ गते सडक उद्घाटनमा जाँदै गर्दा प्रवक्ता प्रकाण्ड

उनले नेकपा संसदीय बाटोमा नभएकाले जनतामा विकास निमार्णका काममा केही समस्या भएको जस्तो ठानिए पनि जनताको साथमा भ्रष्टाचार रहित विकास निमार्णको पक्षमा नेकपा रहको बताए ।

उनले अहिलेको संसदीय व्यवस्था भ्रष्टाचारी,कमिशनखोरी,दलाली गर्ने ब्यवस्था भएकाले यो ब्यबस्थाबाट जनताले अहिल्यै सुख पाउने सम्भावना नभएको दाबी गरे ।
प्रवक्ता प्रकाण्डले समाजवादी ब्यबस्थामाले मात्र जनताको सन्तुष्टिको विकास दिने ठोकुवा गरे ।

२०८० मंसिर १७ गते सडक उद्घाटनमा जाँदै गर्दा प्रवक्ता प्रकाण्ड

उनले लालुको खोलामा स्थगित भएको सडक माघ १५ गते सम्म जसरी भएपनि माल्कोट सीगाउँ पुर्याउने प्रतिबद्धता जनाए ।

प्रवक्ता प्रकाण्डले यदि राज्यका कुनैपनि निकायका मानिसहरुले प्रतिबन्धकालमा अबरोध खडा गरेजस्तै सडक अगाडि बढाउन अवरोध खडा गरे नेकपाले उचित जवाफ लिने पनि चेतावनी दिए ।

यो सडक नेपाल कम्युनिष्ट पार्टीकै नेतृत्व र पहलमा प्रतिवन्धकालमै डिपिआर भएको थियो । नेकपाका प्रवक्ता प्रकाण्डको पहलमा प्रतिवन्धकै समयमा सडक विभागका इन्जिनियरहरुको विशेष टिम खटाएर डिपिआर गरी २०७४ साल फागुन १ गते जनयुद्ध दिवसबाट नेकपाले सडक खन्ने कामको सुरुवात गरेको थियो ।

नेकपाले जनपरिषदको नाममा २०७४ साल फागुन १ गतेबाट सडक काट्दा उद्घाटन गरेको व्यानर

लालुलैफु सडकखण्डको खुलालु देखि लालु, माल्कोट र रुप्सा सम्मको सडक खण्डलाई नेकपाकै पहलमा डिपिआर भएको हो । खुलालु देखि माल्कोट सम्म कुल १२ किलोमिटरको दुरी छ भने माल्कोट देखी रुप्सा सम्म १५ किलिमिटरको दुरी गरी २७ किलोमिटरको सडकको दुरी छ ।

नेकपाले प्रतिवन्धकालमै डिपिआर मात्र होइन, खुलालुबाट लालु सम्म डोजर सहित जनशक्ति परिचालन गरेर करोडौ लागत लाग्ने अनुमानको सडकको ट्रयाक खोल्ने सम्मको काम गरेको थियो ।

२०७५ सालमा नेकपाले सडक काट्दा प्रयोग गरेको डोजर र सडक काट्न सहभागी जनता

सरकारको सहयोग विना नेकपाले सडक खन्ने कामको सुरुवात गरेपछि तत्कालिन सरकारले विद्रोहीपक्षले सडक खन्दा चुनौती थपिएको भन्दै काम रोकेको थियो ।

सोही सडक खण्डको पहिलो खण्ड खुलालु देखि लालु सम्म नेकपाले सरकारको अवरोधका बिच आफै काटेको छ ।
दोस्रो खण्ड लालु देखि माल्कोटको चिउरी मेला सम्म स्थानीय सरकार बाध्यभएर पालिकाको आर्थिक सहयोगमा काटिएको छ ।

यस्तै अहिले माल्कोटको चिउरी मेला देखि माल्कोटको सी गाउँ हुदै रुप्सा सम्मको सडकखण्ड ट्रयाक खोल्न बाँकी छ । यो तेस्रो खण्डको सडकलाई ट्रयाक खोल्ने कामका लागि नेकपाको पहलमा संघीय सरकारबाट १ करोड बजेट छुट्याईएको छ ।

यो बजेटले जति सम्म पुग्छ त्यति सम्म सडकको ट्रयाक खोलिने छ भने वाकी नयाँ बजेटबाट काम अगाडि बढनेछ ।

सडकको कामलाई सुचारु गर्न नेकपाका प्रवक्ता प्रकाण्ड सीले आफै साबेलले खनेर सडकको कामको उद्घाटन गरेका हुन । यो सडक खन्ने कामको जिम्मा लिएको ठेकेदार कम्पनीले करिव आधा प्रतिशत घटिघटाउ बोलपत्रबाट ठेक्का पाएको छ । जेजस्तो भएपनि सडकको कामले गतिलिने विश्वास गरिएको छ ।

सडकको काम सुचारु गर्न ठेकेदार कम्पनी समेत तयार अवस्थामा छ । नेकपाका प्रवक्ता प्रकाण्डद्धारा सडक उद्घाटनले स्थानीयवासी भने हर्षित भएका छन । सी गाउँमा छिट्टै गाडी पुग्ने सी गाउँवासीले आशा गरेका छन ।

२०७५ सालमासडक काट्ने ठाउँमा सहभागी विद्यार्थी नेता तथा प्रवक्ता प्रकाण्ड पुत्र नरेन्द्र सी लगायतका सहभागीहरु

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।