४ आश्विन २०८१, शुक्रबार

अदालतको पक्राउ पूर्जी विरुद्ध नेकपाको काठमाडौं सहित देशभर मशाल जुलुस प्रदर्शन

0

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जी विरुद्ध आज साँझ काठमाडौं लगायत देशभर एकैसाथ मशाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले अदालतको पक्राउ पूर्जी विरुद्ध घोषणा गरेको संघर्षको कार्यक्रम अन्तरगत पहिलो दिन आज साँझ राजधानी काठमाडौं सहित देशभर मशाल जुलुस प्रदर्शन गरेको हो ।

नेकपा काठमाडौं १ नम्वर जिल्लाले छहिटी चोकबाट सुरू गरेको मसाल जुलुस भोटाहिटी हुदै इन्द्र चोक, असनमा पुगेर कारण सभामा परिणत भएको छ ।
मसाल जुलुसमा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं १ नम्वर जिल्लाकी ईन्र्चाज भृकुटी सी, केन्द्रीय सदस्य तथा श्रमिक सामुदाय मोर्चाका अध्यक्ष रामलाल सी लगायतको उपस्थिति रहेको थियो ।

कोणसभामा बोल्ने नेताहरुले अदालतको कदमको चर्को विरोध गरेका छन । यस्तै काठमाडौ,ललितपुर,भक्तपुर जिल्लाका विभिन्न चोक चोकमा मसाल जुलुसहरु भएका छन । देशका अन्य विभिन्न जिल्लामा पनि मसाल जुलुस भएका समाचारहरु आउने क्रम जारी छ ।

नेकपाले ३ बुँदे सहमति र शान्ति प्रक्रियाका विरुद्ध जाने गरी जिल्ला अदालत काठमाडौले पक्राउ पूर्जी जारी गरेकोमा गम्भीर आपत्ति जनाउदै संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

 अदालतको आदेश गैरकानूनी,अराजक,विध्वंसात्मक भएको ठहर गर्दै सिंगो पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन पनि अपिल गरेको थियो ।
नेकपाका महासचिव विप्लवले मंगलवार एक प्रशे विज्ञप्ति जारी गदै आज बेलुका मशाल जुलुस गर्ने, भोली मंसिर २० गते दिउसो ३ बजे न्यायाधीशको विरुद्ध पुत्ला जनाउने र पर्सि मंसिर २१ गते दिउसो २ बजे देशव्यापी अदालतको आदेश विरुद्ध जनप्रदर्शन गर्ने घोषणा गरेका थिए ।

सोमवार मात्र जिल्ला अदातल काठमाडौंले महासचिव विप्लव,प्रवक्ता प्रकाण्डसहितका नेताहरुलाई पक्राउ पूर्जी सहितको गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।