४ आश्विन २०८१, शुक्रबार

चितवनमा न्यायधीस कमल प्रसाद ज्ञवालीको पुत्ला दहन

0

चितवन । नेपाल कम्युनिस्ट पार्टी पश्चिम चितवनले जिल्लाको जगतपुरमा आज न्यायधीश कमल प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।

नेकपा पश्चिम चितवनले पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरु माथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको चर्को बिरोध गर्दै पुत्ला दहन गरेको हो ।

पुत्ला दहन पूर्व नेकपाका नेताकार्यकर्ताले कथित पक्राउ पुर्जी खारेज गर ! नेकपा जिन्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद ! तीन बुँदे सहमति कार्यान्वयन गर ! दलाल सत्ता मुर्दावाद ! भनेर नाराहरु लगाईएका थिए ।

पुत्ला दहन पछिको कोणसभालाई नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य तथा पार्टीका पश्चिम चितवन जिल्ला सेक्रेटरी अटल सीले सम्बोधन गर्दे अदालतले पार्टीका महासचिव लगायतका नेताहरु विरुद्ध जारी गरेको पक्राउ पूर्जी प्रतिशोधको भावनाका साथ मुलूकलाई युद्धमा धकेल्ने षड्यन्त्र भइरहेको बताए ।

उनले यसमा सरकारले उचित पहल गरोस् अन्यथा जनताको अदालतबाट जननेता माथी पक्राउ पुर्जी काट्ने न्यायधीशहरुलाइ जनताको अदालतबाट पक्राउ पुर्जी काटिने चेतावनी दिए ।

उनले पार्टी र सरकारबिच भएको तीन बुँदे सहमतिको अदालतले गम्भीर उल्लंघन गरेको भन्दै यथाशिघ्र तीन बुँदे कार्यन्वयन गर्न माग गरे ।

हिजो साँझ ज्वोतिनगरमा मशाल जुलुस गरेको नेकपा पश्चिम् चितवनले आज जिल्लाको महत्वपूर्ण क्षेत्र जगतपुरमा पुत्ला दहन कार्यक्रम गरेको हो ।

कोण सभाको संचालन जिल्ला सदस्य रुजित सीले गरेको भरतपुर इलाका सेक्रेटरी हिमाल सीले जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।