४ आश्विन २०८१, शुक्रबार

नेकपाले झापा र पाँचथरमा न्यायधीश ज्ञवालीको पुत्ला जलायो

0

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी मेची ब्यूरोले झापा र पाँचथर जिल्लामा कठमाडौं जिल्ला अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको पुत्ला जलाएको छ ।

न्यायधीस ज्ञवालीले महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गरेको विरुद्ध नेकपाले पुत्ला जलाएको हो ।
झापाको दमकमा पार्टीका नेताकार्यकर्ता र विद्यार्थी सहितको उपस्थितिमा पुत्ला जलाइएको छ ।

पुत्ला जलाईसकेपछिको काणसभालाई पश्चिम झापा इन्चार्ज सञ्जय सीले महासचिव विप्लव लगायतका नेतालाई पक्राउ त परैको कुरा छोएर देखाउन चुनौती दिए ।

उनले राज्यले तीनबुँदे सहमति विपरित शान्तिपूर्ण राजनीति गरिरहेको पार्टीका नेताकार्यकर्ता माथि पक्राउ पूर्जी जारी गरिनु आपत्तिजनक भएको भन्दै कडा शव्दमा विरोध गरे ।

यस्तै पाँचथर जिल्लामा पनि न्यायधीस ज्ञवालीको पुत्ला जलाईएको छ । पुत्ला जलाउन लाग्दा प्रहरीले सामान्य हस्तक्षेप गरेको छ । पुत्ला दहन पछिको कोणसभामा जिल्ला इन्चार्ज सन्तोसले पक्राउ पुर्जीको कडा विरोध गरे ।

नेकपाले मंगलबार साँझ देशभर पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको थियो भने आज न्यायाधीशको पुतला जलाउने काम गरेको हो । नेकपाले भोलि दिउसो जनप्रदर्शन गर्ने तयारी गरेको ब्यूरो इन्चार्ज सुमनसिंहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।