४ आश्विन २०८१, शुक्रबार

नेकपा पश्चिम लुम्बिनी ब्युरो भुकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माणको लागि प्रस्थान

0

देउखुरी: नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्बिनी ब्युरोबाट भुकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माणको लागि बुधबार एउटा टोली प्रस्थान गरेको छ ।
नेकपाका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृति सीको नेतृत्वमा पश्चिम लुम्विनी व्यूरोका पाँच जिल्लाबाट करिब तीस जना नेकपाका नेताकार्यकर्ताको टोली भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमतर्फ प्रस्थान गरेको हो ।
कात्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्र बिन्दु बनाई गएको भुकम्पको कारण सयौँंको ज्यान जानुका साथै सयौं घरहरु पनि भत्किएका थिए । यति बेला भुकम्प प्रभावित क्षेत्र जाजरकोट हुँदै रुकुम पश्चिमसम्म उद्धार र पुर्ननिर्माणमा नेकपाका महासचिव विप्लव सीसहित देशभरीबाट नेकपाका हजारौं नेता तथा कार्यकर्ताको टोली निरन्तर खटिरहेको छ ।
नेकपा पश्चिम लुम्विनी व्यूरोको कार्यक्षेत्र रुकुम पश्चिमको आठबिसकोट आसपासका क्षेत्रमा भत्किएका घरहरु पुर्ननिर्माणको जिम्मा परेको नेकपाका पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सीले बताए । इन्चार्ज सीले पश्चिम लुम्विनी व्यूरोको टोलीलाई लुम्विनी प्रदेश राजधानी क्षेत्र देउखुरी उपत्यका भालुवाङ्गबाट निर्माण सामाग्री र टोली कमाण्डरलाई कम्यूनिष्ट पार्टीको झण्डा हस्तान्तरण गर्दै विदाइ गरेका थिए । विदाईको क्रममा उनले पुर्ननिर्माणको काममा पार्टीका सबै नेता तथा कार्यकर्तालाई कम्यूनिष्ट उत्साह र जोस जाँगरका साथ इमान्दारीपूर्वक खट्न पनि निर्देशन दिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।