७ बैशाख २०८२, आईतवार

कास्कीमा पक्राउ पुर्जी गर्ने न्यायाधीशको पुत्ला दहन

0

 

नेकपा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगाएतका नेकपाका नेताहरुलाई काठमाडौँ जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको विरोधमा पोखरामा युवा विद्यार्थीहरुले पक्राउ पुर्जी गर्ने न्यायाधीशको पुत्ला दहन गरेका छन् ।

पोखराको सृजनाचोक सभागृह क्षेत्रमा भएको कार्यक्रममा युवा विधार्थीका नेताहरुको सहभागिता रहेको थियोे । कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको युवा सङ्गठन नेपालका गण्डक व्युरो इन्चार्ज युवराज सीले बताए ।

पुत्ला दहनको नेतृत्व अखिल (क्रान्तिकारी) का कार्यालय सदस्य तथा मध्य पश्चिम कमान्ड इन्चार्ज प्रकाशले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।