३१ बैशाख २०८१, सोमबार

जनपत्रकार संगठन वाग्मती प्रदेशद्धारा विभिन्न माग राखेर महासंघलाई ज्ञापन–पत्र पेश

0

हेटौंडा । जनपत्रकार संगठन नेपाल, बागमती प्रदेश समितिले विभिन्न मागहरु राख्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई ज्ञापन–पत्र बुझाएको छ ।

बुधवार महासंघको प्रदेश कार्यालय हेटौंडामा पुगेर जनपत्रकार संगठनका केन्द्रीय सदस्य सूर्य बराल सहितको टिमले महासङ्घका महासचिव कृष्ण सारु मगरलाई ज्ञापन–पत्र बुझाईएको हो ।

ज्ञापन–पत्रमा पत्रकारको पेशागत र भौतिक सुरक्षा गरिनु पर्ने,नयाँ सदस्य वितरण निश्पक्ष र क्रियाशील पत्रकारलाई गरिनुपर्ने, महासंघ साझा देखिनु पर्ने,महासंघले संचालन गर्ने तालिममा जनपत्रकारहरुको सहभागिता गराईनु पर्ने लगायतका मागहरु उल्लेख गरिएका छन ।

ज्ञापन–पत्र बुझाउँदै जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सूर्य बरालले श्रमजीवी पत्रकारहरूको पेशागत र भौतिक सुरक्षाको सवाल, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सुनिश्चितताको बिषय पेचिलो बन्दै गएकोले महासंघले गम्भीरताका साथ दिर्नु पर्ने धारणा राखेका थिए।

ज्ञापन–पत्र बुझ्दै महासचिव मगरले संगठनले राखेका सबै मागहरु सकारात्मक भएको र महासङ्घको तर्फ बाट सहयोग गर्ने प्रतिक्रिया दिएका थिए।

यस्तो छ ज्ञापन–पत्र


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।