४ आश्विन २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीले पक्राउ पूर्जी विरुद्ध आज देशभर जनप्रदर्शन गर्दै

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौं जिल्ला अदालतको पक्रउ पूर्जी विरुद्ध आज देशभर जनप्रदर्शन गर्दैछ ।

अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको इजलासले महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गर्न दिएको आदेश विरुद्ध नेकपाले आज देशभर जनप्रदर्शन गर्न लागेको हो ।

नेकपाले पार्टी केन्द्रले घोषणा गरेका तीन दिने संघर्षका कार्यक्रम अन्तरगत अस्ती साँझ मशाल जुलुस प्रदर्शन र हिजो न्यायधीसको पुत्ला दहनको संघर्षको कार्यक्रम सम्पन्न गरेको थियो ।

नेकपाले आज दिउसो काठमाडौं उत्पयका जिल्ला,देशका प्रमुख शहर र विभिन्न जिल्लामा भव्यताका साथ जनप्रदर्शन गर्ने तयारी गरेको छ । काठमाडौ उपत्यकामा पनि जनप्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था भने कडा पारिएको छ ।

नेकपाका महासचिव विप्लवले मंगलवार मात्र एक प्रेश विज्ञप्ति मार्फत अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य हुने गरी आदेश दिएको भन्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गर्दै तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

जिल्ला अदालत काठमाडौंले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गर्दै सोमबारको गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो ।

अदालतको तीन बुँदे सहमति उल्लंघनको यो सूचनाले नेकपा तिव्र आक्रोशित हुदै सडक संघर्षमा छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।