१ जेष्ठ २०८१, मंगलवार

तीन बुँदे सहमति कार्यान्वयन नभए प्रतिरोध हुन्छः विप्लव सी

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले तीन बुँदे सहमति कार्यान्वयन नभएर नेपाल कम्युनिष्ट पार्टीले प्रतिरोध गर्ने चेतावनी दिएका छन ।

नेकपाका महासचिव विप्लव सीले बुधवार पोष्ट पार्टी डट्कमसंगको अन्तरवार्ताामा राज्यका सबै अंग र सरकारले तीन बुँदे सहमति कार्यान्वय नगरे नेकपा प्रतिरोधमा जान बाध्य हुने चेतावनी दिएका हुन ।

उनले काठमाडौ जिल्ला अदालतको आदेश नेपालको पछिल्लो सकरात्मक दिशा तिर गएको राजनीतिक माहोललाई द्धन्द्धतिर फर्काउने गैरजिम्मेवारी र अन्यायपूर्ण आदेश भएको टिप्पणी गरे ।

महासचिव विप्लवले भने ‘अदालतको आदेश अत्यन्त दुखत र अस्वभाविक छ , प्रधानमन्त्रीले पनि आश्चार्य चकित भएको कुरा गर्नु भएको छ , अहिले सकरात्मक ढंगले देशको निकास खोज्न भईरहेको पहल माथिको हमला हो । यो गैर कानुनी र न्यायपूर्ण छ ।’

उनले नेकपाप्रति जनताको उत्साह देशैभरी देखिएपछि केही न्यायधीसहरु देशी विदेशीहरुको षड्यन्त्रमा परिचालित भएर तीन बुँदे सहमतिको उल्लंघन गर्दै नेकपामाथि हमला गरेको खुलासा गरे ।

महासचिव विप्लवले अदालतको पक्राउ पूर्जी खारेज नगरिए र तीन बुँदे सहमति अक्षरस पालना नगरिए नेकपाले प्रतिरोधको बाटो रोज्ने स्पष्ट गरे ।
उनले माओवादी एकताको प्रसंगमा संगठनात्मक एकता भन्दा पनि राजनीतिक लक्ष्य सहित समाजवादी व्यवस्थाका लागि माओवादी एकता जरुरी भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।