३१ बैशाख २०८१, सोमबार

श्रमिक समुदाय मोर्चा नेपालद्धारा सोती हत्याकाण्डमा अदालतले दिएको फैसलाको स्वागत

0

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपालले नवराज विक सहित ६ जनाको हत्या हुनेगरी भएको सोती घटनाको मुद्धामा जिल्ला अदालत पश्चिम रुकुमले गरेको फैसलाको स्वागत गरेको छ ।

श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले बुधवार एक वक्तव्य जारी गरी अदालतको फैसलाले पीडित पक्षलाई न्याय दिएको भन्दै स्वागत गरेका हुन ।

मोर्चाले सोतीगाउँमा अन्तरजातीय प्रेम सम्वन्धको विषयलाई लिएर नवराज विक सहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जन्मकैद,जातीय छुवाछुतको कसुरमा थप दुईवर्ष कैद र ५० हजार जरिवानाको फैसला, नवराजकी प्रेमिका सुस्मा मल्ल,उनको आमा र भाईलाई जातीय छुवाछुतको कसुरमा दोषि ठहर गर्दै जनही २ बर्ष कैद र ५० हजार जरिवानाको फैसला भएको भन्दै स्वागत गरेको हो ।

मोर्चाले यो घटनामा जन्मकैद र जातीय कसुरमा गरी कुल २६ जनालाई सजाय भएको वक्तव्यमा उल्लेख गरेको छ ।

मोर्चाले अदालतको फैसला सजिलै र सहज तरिकाले नआएको भन्दै सबैको आन्दोलनको बल र त्याग तपस्याले आएको ठहर गरेको छ ।
मोर्चाले आन्दोलनकर्मी,संघ संगठन,सञ्चारकर्मी,वकिल र ऐतिहाशीक फैसला गर्ने न्यायधीस सबैमा हार्दिक आभार सहित हृदयदेखि धन्यवाद व्यक्त गरेको छ ।

मोर्चाले जारी वक्तव्यमा दलाल पूँजीवादी संसदीय राज्य प्रणालीले नै जात व्यवस्था बचाईराखेको भन्दै आन्दोलन र दबाव विना न्याय प्रदान हुन असम्भव भएको वक्तव्यमा उल्लेख गरेको छ ।

मोर्चाले वक्तव्यको अन्त्यमा, सबै खाले विभेद, असमान्ता र अभावको अन्त्य गर्ने उत्तम विकल्प सबैलाई मान्य हुने नेपाली विशेषताको समाजवाद नै भएको उल्लेख गर्दै त्यसका लागि सम्पूर्ण कम्युनिष्ट बामपन्थी,प्रगतिशील लोकतन्त्रवादी,एवंम देशभक्त शक्तिहरु एकतावद्ध हुन अपिल गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।