३ मंसिर २०८१, सोमबार

नेकपाका नेता कार्यकर्ताद्धारा जाजरकोटमा भूकम्प पीडितको घर बनाउने काममा तिब्रता

0

जाजकोट । नेपाल कम्युनिष्ट पार्टी मध्य तथा दक्षिण कर्णाली ब्यूरोका नेता तथा कार्यकर्ताहरुले जाजरकोटका भूकम्प पीडितहरुको घर बनाउने काममा तिब्रता दिएका छन ।

नेकपाका नेता कार्यकताहरुले जिल्लाको भेरी नगरपालिका १ खलंगाका भूकम्प पीडित गोविन्द शाहको भूकम्पले भत्किएको घर बनाउने काममा तिव्रता दिएका हुन ।

नेकपाको मध्य कर्णाली व्यूरो र दक्षिण कर्णाली ब्यूरोबाट खटिएका १२ जना नेता कार्यकर्ता निरनतर घरबनाउने काममा दिनभर व्यस्त हुने गरेका छन ।

उनीहरुले विगत ३ दिन देखि भूकम्प पीडित शाहको घर बनाईरहेका छन । नेकपाका केन्द्रीय सदस्य रणदिप सीको नेतृत्वमा १२ जनाको टिम काममा खटिरहेको छ ।

भूकम्प पीडित शाहको २ तलले घर गत कार्तिक १७ गते गएको भूकम्पतले पूर्ण रुपमा भत्किएको थियो । मानवीय क्षति केही नभएपनि घरभने सबै भत्किएकाले चिसोको समयमा उनको घर परिवारलाई बस्न गाह्रो भएको छ ।

नेकपा नेता कार्यकर्ताहरुले यो भन्दा अघि जिल्लाको चिउरीमा थुप्रै भूकम्प पीडितहरुको अस्थायी आवाजहरु बनाएका थिए ।

भूकम्प पीडितका लागि अस्थायी आवाज निमार्णको लागि दक्षिण व्यूरोबाट थप जनशक्ति जान लागेको व्यूरो इन्चार्ज संगम सीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।