४ आश्विन २०८१, शुक्रबार

जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा प्रवक्ता प्रकाण्ड बिच भेटवार्ता

0

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी बिच आज साँझ भेटवार्ता भएको छ ।

साँझ ६ बजेदेखि साढे ७ बजे सम्म ललितपुरको बालकुमारी स्थिति जसपाको केन्द्रीय कार्यालयमा दुई नेता बिच भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारे दुई नेता बिच गम्भीर छलफल भएको छ ।

भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले राज्यसंग तीन बुँदे सहमति गरेर नयाँ राजनीतिक कोर्षमा नेकपा अगाडि बढिरहेको बेला काठमाडौं जिल्ला अदालतले आफ्नो पार्टीका महासचिव,आफू र अन्य नेतामाथि पक्राउ पूर्जी जारी गरिएको विषयमा समाजवादी मोर्चाले प्रतिबाद गर्नुपर्ने विचार राखेका छन ।

प्रवक्ता प्रकाण्डले नेपालमा दलाल संसदीय व्यवस्थाको असफलताको परिणाम परिवर्तनका लागि संघर्षरत राजनीतिक पार्टीका नेतामाथि षड्यन्त्र हुदै गएको र यो षड्यन्त्र समाजवादी मोर्चा भत्काउने डिजाईमा पनि आएको हुन सक्ने तर्फ मोर्चा सचेत हुनुपर्ने बताएका छन ।

प्रवक्ता प्रकाण्डले समाजवादी मोर्चाको नयाँ कार्यक्रमका विषयमा पनि मोर्चाको बैठकबसी छलफल गर्नुपर्ने सुझाव दिएका छन ।

जसपाका अध्यक्ष यादवले प्रतिगामीहरुको चेलखेल रोक्न मोर्चाको गतिविधि सक्रिय बनाउनु पर्नेमा आफूहरु तयार भएको बताएका छन ।

उनले नेकपाका नेतामाथिको पक्राउ पूर्जीको विषय गम्भीर भएको भन्दै यसवारे जसपा प्रतिवाद गर्ने र सरकारमा भएका गठबन्ध दलको भोली बस्ने बैठकमा पनि जोडदार कुरा उठाने बताएका छन । दुई नेताले मोर्चालाई थप प्रभावकारी रुपमा आगाडि बढाउने सहमति गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।