४ आश्विन २०८१, शुक्रबार

समाजवादी मोर्चाको म्याग्दीमा सन्देशसभा,समाजवादको विकल्प नभएको नेताहरुको भनाई

0

म्याग्दी । चार दलिय समाजवादी मोर्चाको संन्देशसभा म्याग्दीको बेनीमा शनिवार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र,नेपाल कम्युनिष्ट पार्टी,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सम्मिलित चार दलिय समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभा व्यापक जनताको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो ।

सन्देशसभामा बोल्ने चारदलिय नेताहरुले वर्तमान देशको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भन्दा अर्को विकल्प नहुने बताएका छन ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रमेश हमालले सन्देशसभालाई सम्वोधन गर्दै नेपालको अग्रगामी राजनीतिक संकटको निकासको बाटो समाजवादी मोर्चा भएको बताएका छन् ।

उनले समाजवादी मोर्चा मार्फत नेपाली विशेषताको समाजवाद नेपालमा स्थापना गर्नु अहिलेको अनिवार्य आवश्यकता भएको बताए ।

सन्देशसभामा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा अतिथि भरत सीले नेपालमा प्रतिगामीहरुको चललेख बढेको बताउदै दलाल संसदीय व्यवस्थाको विकल्प नेपाली विशेषताको समाजवाद भएको बताए ।

उनले आजको देशको संकटको मुख्य कारक वैदेशिक हस्तक्षेप र दलाल पुँजीवाद भएको प्रष्ट्याउदै समाधान प्रतिगमन र यथास्थितिबाट नहुने भन्दै नेपाली विशेषताको समाजवादको अग्रगामी समाधान तिर अघि बढ्न जोड दिए । उनले समाजवादी मोर्चा वस्तुगत आवश्यकता भएको बताउदै हिजोको राजनीतिमा नमिलेको हिसाब समाजवादी मोर्चाले मिलाएको बताए ।

उनले भने ‘रक्षा र रुपान्तरणको बिश्वब्यापी कम्युनिस्ट यान्त्रिकता र जड्ता तोडेर निरन्तर विकासमा नै रक्षा हुने नियम अनुसार समाजवादी मोर्चाले अहिलेका सकारात्मक उपलब्धिको रक्षा आजको लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्र बिकास गरेर मात्रै हुने सन्देश समाजवादी मोर्चाको खास सन्देश हो ।’

उनले बेनी लडाइँ र महारानी उपन्यासको प्रसङ्ग उल्लेख गर्दै म्याग्दीसंग भावनात्मक रुपमा एकाकार भएको बताए ।

उनले संसदीय व्यवस्था नेपालमा असफलसिद्ध भएको प्रमाणीत भईसकेको उल्लेख गर्दै नेपालका सबै कम्युुनिष्ट,प्रगतिशील शक्ति,वामपन्थी,देशभक्त सबै मिलेर नेपाललाई समाजवादतिर लिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले नेपालमा समाजवादी व्यवस्थाको जरुरी भएको बताए । उनले चार दलिय समाजवादी मोर्चा नेपालको संकटको निकासको लागि गठन भएको पनि बताए ।

संन्देशसभामा जनता समाजवादी पार्टीका निर्मल जिसीले नेपालमा समाजवादले मात्र अहिलेको संंकटको निकास दिने दाबी गरे ।

सन्देशसभामा स्थानीय वक्ताहरु नेकपा माओवादी केन्द्रका नेता बिनोद केसी,नेकपा एकीकृत समाजवादीका नेता गोबिन्द सुबेदी,नेकपाका नेता राजन सीले आ आफ्नो भनाई राख्दै मोर्चालाई गाउँस्तर सम्म सुदृढ गर्नुपर्ने सुझाव दिएका थिए ।

नेकपा माओवादी केन्द्रका नेता रेशम जुग्जाली मगर (सुबिन) को अध्यक्षतामा सम्पन्न सन्देश सभाको संचालन नेकपाका नेता गोपाल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।