८ पुष २०८१, सोमबार

‘भरत सी’को पदका लोभीपापीहरुको स्वार्थले देशको राजनीति बिग्रिएको सन्देशमूलक देउडा गीत सार्बजनिक (भिडियो सहित)

0

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य ‘भरत सी’को दलाल संसदीय व्यवस्था सम्म पुग्दा जनयुद्ध लडेकै कतिपय पदका लोभीपापीहरुको गठजोडले क्रान्ति धरापमा परेको भाव व्यक्त गर्ने देउडा गीत सार्बजनिक भएको छ ।

संसदीय व्यवस्थामै बसेर जनताको रगत पसिना चुसेका संसदीय व्यासाहरु त छदैनै थिए तर जनयुद्धबाट आएका केही नयाँ व्वासाहरुले पनि देश र जनतालाई लुटन सम्म लुटेको भन्ने भिडियो देउडा गीत सार्बजनिक भएको हो ।

यो भिडियो गीतमा नेकपाका स्थायी समितिका सदस्य भरत सीको शव्द रचना रहेको छ भने शिशिर न्यौपानेको लय तथा स्वर रहेको छ ।
भिडियो देउडा गीतको सुरुको सम्वादमा पद,प्रतिष्ठा र पैसाको लागि केन्द्र देखि स्थानीय तहसम्म नेताहरुको गुलामी गर्ने नेपाली राजनीति भित्रको गलत संस्कार स्थापित भएको भन्दै कटाक्ष गरिएको छ ।

भरत सीले जनताको सपना विपरित लुट्नेहरुले देश र जनतालाई लुट्दा उनको केही समयका लागि राज जस्तो भएको गीतका शव्दबाट व्यक्त गरेका छन ।

लुट्नेले लुटेका लुटैइ,उनकै भैगो राज
स्वार्थका पछाडि हिड्ने, काँ काँ पुगे आज !

गीतका रचनाकार भरत सीले दश बर्षिय जनयुद्ध त्यतिकै नभएको सन्देश दिएका छन । उनले जनयुद्ध रहर नभएर संसदीय व्यवस्थाको उत्पीडनका विरुद्ध विद्रोह गरेको भाव दिएका छन । उनले जनयुद्ध संसदीय व्यवस्था परिवर्तन गरी समाजवादी व्यवस्थाको लागि भएपनि एउटा हिस्सा संसदवादमा छिर्दा जनयुद्धको सपना अलपत्र परेको र नेता कार्यकर्ताको मन टुटेको बताएका छन । उनले गीतका शव्दबाट भनेका छन ः

रहर होइन बाध्यता हो, जन्म्याको घर छोड्नु
मुश्कीलै छ प्राण धान्नु, टुटेको मन जोड्नु !

नेकपाका स्थायी समिति सदस्य भरत सी नेपाली क्रान्तिको एउटा इमान्दार राजनीतिज्ञ व्यक्तित्व पनि हुन । उनी जनयुद्ध देखि निरन्तर क्रान्तिकारी विचारको पक्षमा निडर तथा इमान्दार भएर जनताको पक्षमा राजनीति गरिरहेका छन ।

उनले नेपाली क्रान्तिमा बैचारिक विचलनका कारण निरासा पैदा भएको र त्यसबाट राजनीतिलाई रुपान्तरण गर्नुपर्ने पक्षमा आफूलाई उभ्याउदै आएका छन । जसको लागि उनले यो भन्दा अगाडि पनि ‘निराश हुनु हुन्न साथी’ भन्ने आधूनिक गीत सार्बजनिक गरेका थिए । हुन त उनी कलाकार त होइनन् राजनीतिज्ञ व्यक्ति नै हुन । तर पनि नेपालको बस्तुस्थितिसंग मेलखाने र समाज परिवर्तनका लागि कहिले काँही गीतबाट समाजको चित्रण गरिरहेका छन ।

उनले व्यक्तिगत स्वार्थ केन्द्रीत राजनीति हुदा समाजमा निश्चित भ्रष्टाचारी तथा दलालहरुको चक्चकी भएको गीत मार्फत खुलासा गरेका छन । नेता भरत सीले संसदीय दलाल व्यवस्थाका कारण हजारौं गरिब जनताको ऋणले उठ्ठीवास भएको र केही निश्चित दलालहरु मोटाएको देउडा गीतका शब्दबाट खुलासा गरेका हुन ।

घरबार गुम्य गरिबका, बैङ्कका ऋणले
धनपैसा नहुनेकन, हेर्दाछन घिनले !

राजनीति न माया प्रिति, व्यापारी मालभया
जानेपछि जीवन भया,नत्र कालभया !

नेता भरत सीले नेपालमा जेजति समस्या आएको छ त्यसको एउटै कारण दलाल संसदीय व्यवस्था भएको बताएका छन । उनका गीतको भावमा त्यही व्यक्त हुन्छ । नेपालको राजनीति,आर्थिक,सामाजिक,साँस्कृति र राष्ट्रिय स्वाधीनताको सबै क्षेत्रमा समस्या आएकोे र यो देशका भ्रष्ट,लोभीपापी,दलालहरुका कारण आएको भाव दिएका छन ।

दलाल संसदीय व्यवस्थाका कारण नै नेपाली जनताको जीवन बर्वाद भएको देउडा गीतले पनि बोलेको छ । उनले यस्तो अवस्थामा देशको बिग्रेको राजनीति सुधार गर्न नेपालका सबै इमान्दार क्रान्तिकारी,देशभक्त,प्रगतिशील शक्तिहरु एक भएर लाग्नुको विकल्प नभएको देउडा गीतका शव्दबाट व्यक्त गरेका छन ।

इमान्दारले सुधार्नुछ,बिग्रेको राजनीति
देशमै बसी सुनफलाउने, बसाल्नु छ थिति !

गीतका रचनाकार भरत सीले आफ्नो देउडा गीती एल्वमबाट दलाल व्यवस्थाका कारण निरास भएर विदेश जाने युवाहरुलाई स्वदेशमै केही गर्न उर्जा दिएका छन । नेपाललाई स्वाधीन देश बनाउन र समाजवाद सम्म पुर्याउन नेपाली युवाहरु नलागे सम्म नेपालमा रोजगारीको ग्यारेण्टी नहुने गीतको भावले भनेको छ ।

जब नेपालमा समाजवादी व्यवस्थाको स्थापना हुन्छ तब नेपालमा बसेर सुन फलाउन सकिने र सबै बेथितिहरु हटाउन सकिने गीतबाट आत्मविश्वास व्यक्त गरिएको छ ।

देउडा भिडियो गितको अभिनय कलबहादुर बम र आरती वुढाले गरेका छन भने छायाँङ्कन हरिश महरा र गणेश बमले गरेका छन । यस्तै गीतको विशेष डिजिटल स्टुडियो काठमाडौंले रेकङ्गि गरेको छ । गीतको दृश्य निमार्ता सांग्रीला क्रियशन काठमाडाले रहेको छ भने सम्पादन विजय थापाले गरेका छन ।

देउडा गीतको भिडियो सहित


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।