४ आश्विन २०८१, शुक्रबार

स्थायी नियुक्ति र विमाको माग पुरा नभए हड्ताल गर्ने यातायात मजदुर संघको चेतावनी

0

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगतको अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघले सबै यातायात मजदुरहरुलाई स्थायी नियुक्ति र विमाको सुविधा नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

क्रान्तिकारी यातायात मजदुर संघको सोमबार काठमाडौंको बुद्धनगरमा बसेको केन्द्रीय समितिको बैठकले यातायात मजदुरहरुलाई स्थायी नियुक्ति र विमाको सुविधा नदिए आन्दोलनमा जान बाध्य हुने निर्णय गर्दै सम्वन्धि निकायलाई माग पुराको लागि चेतावनी दिएको हो ।

यातायाता मजदुर संघको बैठकले ट्राफिक प्रहरीको ज्यादती रोकिनुपर्ने,टाटा कम्पनीको ट्याक्सी सिन्डिकेट बन्द हुनु पर्ने, पार्किङ्ग र उचित चर्पिको व्यवस्था हुनुपर्ने निर्णय पनि गरेको छ ।

यातायात मजदुर संघले आफ्ना जाहेज मागहरु लिपिवद्ध गरी यायातायात व्यवस्था विभागलाई छिट्टै पेश गर्ने र यदि माग पुरा नभए हड्ताल सम्मको संघर्षमा उत्रिन बाध्य हुने निर्णय गरेको छ ।

बैठकका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा फ्याक्सन इन्चार्ज शिलुले सम्वोधन गर्दै मजदुरहरुका दैनिक समस्याको समधानका लागि समाजवादी आन्दोलननै उत्तम विकल्प भएको बताईन ।

उनले मजदुरमाथिको अन्याय,अत्याचार दलाल व्यवस्थाको परिणाम भएको भन्दै मजदुरहरुले आफ्नो अधिकारको लागि संघर्ष गर्नु पर्ने बताईन ।  बैठकमा अतिथिको रुपमा नेकपाका केन्द्रीय सदस्य मिना सी र जिवन्त सीको पनि उपस्थिति रहेको थियो । बैठक संगठनका अध्यक्ष टेक प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।