४ आश्विन २०८१, शुक्रबार

नेकपाका महासचिव विप्लवद्वारा सहिद आरतीका बुवा जोगबहादुरलाई उपचारमा सहयोग

0

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सहिद आरतीका बुवा विरामी जोगबहादुर घर्तीलाई उपचारमा सहयोग गरेका छन् ।

आज विहान उनकै निवास शिवराज नगरपालिका वडा नम्वर ९ पुगेर महासचिव विप्लवले नगद रु पाँच हजार सहयोग गरेका हुन् ।

महासचिव विप्लवले विरामी बुवा घर्तीको स्वास्थ्य अवस्थाको बारे जानकारी लिदै थप उपचारको व्यवस्थाका लागि एम्बुलेन्सको व्यवस्था गरी चितवन पठाएका छन् ।

सो अवसरमा महासचिव विप्लवसंगै,नेकपाका केन्द्रीय सदस्य अडिग सी , केन्द्रीय प्रतिनिधि विमर्श सी,पाबेल सी लगायतको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।