५ आश्विन २०८१, शनिबार

आफैले निर्माण गरेको गमला महासचिव विप्लवद्वारा विद्यालयलाई हस्तान्तरण

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आफैले निर्माण गरेको गमला शिवराज नगरपालिका वडा नम्बर ९ बानियाँभार रहेको श्री सरस्वति माध्यामिक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

महासचिव विप्लव लगाएत कार्यालय टिमले निमार्ण गरेको ३१ वटा गमला श्री सरस्वति माध्यामिक विद्यालय परिवारलाई आज हस्तान्तरण गरेका हुन् ।

आफ्नै परिश्रमले बनाएको गमला यसरी विद्यालयलाई दिदा शिक्षक, विद्यार्थी, अभिभावकहरु खुसी भएका छन् ।
साथै महासचिव विप्लवले उक्त विद्यालयको अनुगमन समेत गरेका छन् । विद्यालयका प्राध्यापक विक्रम केसीले महासचिव विप्लव सीलाई स्वागत गर्नु साथै विद्यालयको प्रतिवेदन समेत प्रस्तुत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।