४ आश्विन २०८१, शुक्रबार

नेपाली विशेषताको समाजवाद नै अहिलेको संकटको निकास होः रक्तिम

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पूर्वी नारायणी व्यूरो इन्चार्ज रक्तिम सीले नेपाली विशेषताको समाजवादले नै अहिलेको विद्यमान संकटको निकास दिने दाबी गरेका छन ।

जनपत्रकार संगठन नेपालले पर्साको वीरगन्जमा सोमबार आयोजना गरेको “विद्यमान परिस्थिति, नेपालका सञ्चार माध्यम र निकासको आगामी बाटो” बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै व्यूरो इन्चार्ज रक्तिमले यस्तो दाबी गरेका हुन ।

उनले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएकाले देशमा तमाम समस्याहरु आएको बताए । उनले नेकपाका नेतामाथि पक्राउ पूर्जी जारी गरी अदालतले गम्भीर अपराध गरेको बताउदै यस्तो कार्य असफल व्यवस्थाको परिणाम भएको जिकिर गरे ।

राज्यसंग तीन बुँदे सहमति गरेर नेकपा नयाँ राजनीतिक कोर्षमा जिम्मेवारपूर्वक लागिरहेको बेला राज्यको सहमति विपरित काठमाडौं जिल्ला अदालत जानु नियोजित षड्यन्त्र भएको बताए । उनले नेपाली विशेषताको समाजवादले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा हुने पनि दाबी गरे ।

कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर बिश्वकर्माले समाजवादका लागि पत्रकारिता गर्नुपर्ने बताए । उनले विगतको भन्दा पत्रकारिता केही सहज भएपनि थप चुनौतीहरु आएको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता देवेन्द्रलाल नेपाली, नेकपा केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज विनोद सी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पत्रकार महासंघका पर्सा जिल्ला अध्यक्ष अनुप तिवारी, शैक्षिक बुद्धिजीवी राजेन्द्र सिंहले पनि आआफ्नो विचार राखेका थिए ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य सुदर्शनराज पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन संगठनका सचिवालय सदस्य शोभराज बरालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।