५ आश्विन २०८१, शनिबार

नेकपाद्वारा रुकुम पश्चिम घेत्मा भुकम्प पीडितहरुकाे २ वटा घर निर्माण गरि हस्तान्तरण

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले रुकुम पश्चिमकाे भुकम्प प्रभावित बस्ती घेत्मा भुकम्प पीडितहरुकाे २ वटा घर निर्माण गरि हस्तान्तरण गरेको छ ।

रुकुम पश्चिम आठविसकोट, १३ घेत्मा धारा टोलकी भुकम्प पीडित ५३ वर्षीय एकल महिला चन्द्र कुमारी शाही र सोही टोलका दुवै खुट्टा गुमाएर अशक्त जीवन बिताइरहेका ४७ वर्षीय एकल व्यक्ति राम बहादुर पुनलाई पार्टीद्वारा निर्माण गरिएको अस्थायी आवास हस्तान्तरण गरेको हो ।


नेकपाका पाेलिट ब्युरो सदस्य बसन्त सी प्रज्वलनकाे उपस्थितिमा उक्त नवनिर्मित आवास हस्तान्तरण गरिएको पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीले बताए ।

कार्तिक १७ गते मध्यरातमा आएको भुकम्पले घर खोसेर लगि दिएपछि भुकम्प पीडित चन्द्र कुमारी शाही र राम बहादुर पुन तपतप शीत चुहिने पातलो त्रिपालमा बस्दै आएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीले भुकम्प प्रभावित ठाउँ जाजरकोट, रुकुम पश्चिम र सल्यानकाे दार्मा गाउँपालिकामा पुनर्निर्माणका लागि खटिरहेकाे छ ।

अहिले जाजरकोट जिल्लामा पार्टी केन्द्रीय सदस्य संगम सी, रुकुम र सल्यान जिल्लामा पार्टीका केन्द्रीय सदस्य सविन सीको नेतृत्वमा उद्दार, राहत वितरण तथा पुनर्निर्माण कार्य चलिरहेको छ । यसअघि पार्टी महासचिव विप्लव सी उक्त क्षेत्रमा पुगेर राहत वितरण र पुनर्निर्माण कार्यमा सहभागी भएका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।