९ पुष २०८१, मंगलवार

अखिल (क्रान्तिकारी) महेन्द्र रत्न क्याम्पस इकाई कमिटीद्वारा सरसफाई तथा सम्मेलन सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) महेन्द्र रत्न क्याम्पस इकाई कमिटीद्वारा क्याम्पस परिसर सरसफाइ तथा विशेष इकाई सम्मेलन सम्पन्न भएको छ।

महेन्द्र रत्न क्याम्पस इकाई कमिटीको नेतृ सिर्जना सीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सी ,संगठनका उपाध्यक्ष नरेन्द्र सीको विशेष आतिथ्यता,संगठनका कार्यालय सदस्य तथा बागमती कमाण्ड इन्चार्ज मदन सी,संगठनका सचिवालय सदस्य तथा TU ब्यूरो इन्चार्ज अनिल सी,सचिवालय सदस्य सुवास सी,क्याम्पस जिल्ला संयोजक तथा केन्द्रीय सदस्य सुवास सी,केन्द्रीय सदस्य तथा त्रिचन्द्र क्याम्पस इन्चार्ज यशोदा सी,पशुपति क्याम्पस इन्चार्ज चिरायु सीको आतिथ्यता रहेको थियो।


सरसफाइ कार्यक्रमलाई छोटो सम्बोधन गर्दै संगठनका अध्यक्ष प्रकाश सीले हामी सचेत विद्यार्थीले आफुले अध्ययन गर्ने क्याम्पसलाई सधै स्वच्छ सफा राख्नु पर्ने बताए। देशमा व्याप्त भ्रष्टाचार बेथिति रहेको भन्दै त्यसलाई सरसफाइ गर्न जरुर रहेकाले आफुहरुले क्याम्पस सरसफाइ गरेर त्यसको सन्देश दिन खोजेको बताए साथै विद्यार्थीहरुले सधै यस्तै रचनात्मक ,सकारात्मक काम गरेर अगाडि बढ्नु पर्ने बताए।
सम्मेलनका विशेष अतिथि संगठनका उपाध्यक्ष नरेन्द्र सीले इकाई सम्मेलनलाई शुभकामना दिदै नेपालको शैक्षिक प्रणाली
अव्यावहारिक रहेको भन्दै यसलाई बदल्नु पर्ने आवस्यकता रहेको बताए।
उनले भने हामीले समाज र देशलाई राम्रो बनाउने उदेश्य छ ,थुप्रै रचनात्मक कामहरु गर्दै आइरहेका छौँ, खराबीका विरुद्ध जनकारबाही गरिरहेको भन्दै आज राज्यसत्ता संचालकहरु भ्रष्टाचारमा दुबेको भन्दै त्यसलाई रोक्न नेकपा लागिरहेको बताए ।


अर्को एक प्रसंगमा एअरपोर्टमा दैनिक सुन भेटिनु लज्जास्पद भएको भन्दै सबैले खराबी विरुद्ध आवाज बुलन्द गर्ने बताए । विद्यार्थीहरु सबै सकारात्मक,सिर्जनशील हुनुपर्ने बताए ।
इकाई सम्मेलनमा इकाई कमिटीको प्यानल प्रस्ताव संगठनका केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला संयोजक सुवास सीले गरेका थिए भने कार्यक्रमको संचालन संगठनका केन्द्रीय सदस्य तथा महेन्द्र रत्न क्याम्पस इन्चार्ज सरस्वती सीले गरेकी थिइन् । सिर्जना चन्दको अध्यक्षतामा २३ सदस्यीय इकाई कमिटी निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।