काठमाडौ । झापाबाट पूर्वी गर्जन डट्कमका नाममा नियमित समाचार प्रकाशन गरिरहेको पूर्वी गर्जन मिडिया प्रालिले पूर्वी गर्जन विशेषाङ्क पत्रिका सार्बजनिक (विमोचन) गर्दैछ ।
पूर्वी गर्जन मिडिया प्रालिले यही मंसिर २८ गते विहिवार विर्तामोड स्थित ग्राण्ड प्यासिफिक होटलको सभा हलमा मध्याहन्न १२ बजे पत्रिका विमोचन कार्यक्रमको आयोजना गरि सार्बजनिक गर्न लागको हो ।
पत्रिका विमोचन तथा सार्वजनिक कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा माक्र्सवादी चिन्तक अनिल विरही सीको प्रमुख आतिथ्यता रहने छ ।
कार्यक्रममा प्रमुख अतिथिबाट पत्रिकाको विमोचन पछि विभिन्न सञ्चार सम्वद्ध बुद्धिजीवी तथा नेताहरुले पत्रिकाको विशेषाङ्कका बारेमा धारणा राख्ने छन । मिडिया प्रालिले कार्यक्रममा उस्थितिका लागि विभिन्न क्षेत्रका अन्य व्यक्तित्वहरुलाई पनि आमन्त्रण गरेको छ ।
पत्रिकाको विशेषाङ्कमा विशेषगरी पछिल्लो समयको राजनीतिक घटनाक्रम र पूर्वी नेपालको राजनीतिक गतिविधि लगायतका विषयहरु समेटिएको कार्यकारी सम्पादक प्रविण अधिकारीले जानकारी दिएका छन ।