४ जेष्ठ २०८१, शुक्रबार

श्रमिक समुदाय मोर्चाद्धारा मनजित नेपालीको निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली

0

काठमाडौ । श्रमिक समुदाय मोर्चा नेपालले आफ्नो संगठनका केन्द्रीय समिति सदस्य तथा केन्द्रीय कार्यालय सचिव बिर्ख सीका ६८ बर्षिय बुवा मनजित नेपालीको यही मंसिर २५ गते साँझ ६ बजे असामयिक निधन भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष रामलाल सीले मंगलबार एक शोक बक्तव्य जारी गरी ६८ बर्षिय बुवाको निधनले संगठनलाई स्तव्ध र मर्माहित भएको जनाएका हुन ।
मुगु जिल्लाको खत्याड गाउँपालिका–११ रातापानी आफ्नै घरमा बुवा मनजितको निधन भएको हो । ५ छोराका पिता मनजितलामो समय देखि दमबाट पीडित रहेको अवस्थामा घरमै उपचारका क्रममा निधन थियो ।

श्रमिक समुदाय मोर्चाले बुवाको दुखद निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै मोर्चाले दुखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणको कामना पनि गरेको छ ।

शोक बक्तव्यको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।