१० मंसिर २०८१, सोमबार

पूर्वी नारायणी ब्यूरोद्धारा दुई विगाह जमिनमा गहुँ र मकै खेति

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी पूर्वी नारायणीय ब्यूरोले दुई विगाह जमिनमा गहुँ र मकै खेति गरेको छ । नेकपाले बुधवार रौतहट जिल्लाको हिमालीवासमा १ विगाह जमिनमा गहुँ छरेको छ ।

यस्तै हिमाली वासमै १० कट्ठा जमिनमा धानखेती भित्र्याउदै सोही जमिनमा मकै छरिएको ब्यूरो इन्चार्ज रक्तिम सीले जानकारी दिएका छन ।
नेकपाले वाराको त्रिवेनीमा पनि १० कट्ठा जमिनमा गहुँ छरेको जनाएको छ ।

नेकपाको केन्द्रीयतहको उत्पादनको नीति अनुसार ब्यूरो पार्टीले उत्पादनको काम गरेको हो । पार्टीलाई आत्मनिर्भर पार्टी बनाउने उद्देश्य अनुसार हाललाई दुई विगाह जमिनमा उत्पादनको काम सुरु गरेको नेकपाको नारायणी ब्यूरोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।