५ आश्विन २०८१, शनिबार

नेकपा प्रवक्ता प्रकाण्ड सी र एकीकृत समाजवादीका उपाध्यक्ष हमाल बिच भेटवार्ता

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सचिवालय सदस्य प्रकाण्ड सी र नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा समाजवादी मोर्चा नेपालका सचिवालय सचिव प्रमेश हमाल बिच बुधवार भेटवार्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलेकनगरमा दुई नेता बिच भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक संकटको निकासको बारेमा गम्भीर छलफल भएको छ ।

दुई नेता बिच भएको भेटवार्तामा काठमाडौं जिल्ला अदालतले नेकपाका नेतामाथि जारी गरेको पक्राउ पूर्जी आपत्तिजनक भएको ठहर गर्दै तुरुन्त सच्याउनुपर्ने विषयमा पहल गर्ने सहमति भएको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले देशको राष्ट्रिय स्वाधीनता निकै खतरामा परेको र अदालतका केही मान्छे समेत विदेशीहरुको स्वार्थ र मातहतमा चलेकाले अग्रगमन र शान्ति प्रक्रिया विरुद्ध पक्राउ पूर्जीको काण्ड आएको धारणा राखेका थिए ।

प्रवक्ता प्रकाण्डले समाजवादी मोर्चा र समाजवादी व्यवस्था विरुद्धको हमलाका रुपमा पक्राउ पूर्जी आएको बताए । नेकपा एसका उपाध्यक्ष हमालले पनि प्रवक्ताको कुरामा सहमति जनाउदै पक्राउ पूर्जी काण्ड विरुद्ध आफ्नो पार्टी र मोर्चाले प्रतिवाद गर्ने बताएका थिए ।

समाजवादी मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य  नेता प्रकाण्ड र समाजवादी मोर्चा नेपालका केन्द्रीय सचिवालय सचिव  नेता हमाल बिचको भेटवार्तामा समाजवादी मोर्चा नेपालको सचिवालय बैठक यथाशिघ्र बस्ने सहमति भएको छ ।

यस्तै भेटवार्तामा अब बस्ने मोर्चाको सचिवालय बैठकले मोर्चाको आगामी कार्यक्रम ठोस गर्ने,राजनीतिक संंकटको निकासको पहल गर्ने,पक्राउ पूर्जी खारेजीको पहल गर्ने लगायतका विषयमा छलफल र सहमति भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।