६ जेष्ठ २०८१, आईतवार

नेकपाका नेता कार्यकर्ता भूकम्प पीडितको घर बनाउन ब्यस्त

0

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु भूकम्प पीडितको घर बनाउन ब्यस्त देखिएका छन । कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पले जाजरकोट,रुकुम पश्चिम र सल्लान जिल्लामा ठुलो धनजनको क्षति गरेको थियो ।

भूकम्पले जनताको घरहरु भत्किदा बस्न निकै गाह्रो अवस्था छ । यस्तो अवस्थामा नेकपाका नेता कार्यकर्ताहरु भूकम्प पीडितको लागि ठुलो मलमपट्टी बनेर उभिएका छन ।

भूकम्प गए लगत्तै नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सहितका नेता कार्यकर्ताहरुको टिम भूकम्प प्रभावित जिल्लामा पुगेर तत्कालिन राहत र उद्धारको काममा खटिएका थिए ।

अहिले भने अस्थायी आवास निमार्णको काममा नेकपाका नेता कार्यकर्ताहरु निरन्तर लागिरहेका छन । नेकपाको मध्य कर्णाली र दक्षिण कर्णाली ब्यूरोबाट खटिएको नेता कार्यकर्ताको टिमले भूकम्प पीडितहरुको घर बनाउने काम गरिरहेका छन ।

नेकपाका केन्द्रीय सदस्य शेखर,रणदिप सी,विराजन सी सहितका नेता तथा कार्यकर्ताको टिमले जाजरकोटमा अस्थायी आवासहरु बनाउने काम गरिरहका हुन ।

नेकपाका केन्द्रीय सदस्य शेखर सीको नेतृत्वमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्वर ३ चावलेचौरमा नेकपाका केन्द्रीय सदस्य संघर्ष सीकोे घर बनाउने काम गरिरहेको छ ।

भूकम्पले संघर्ष सीको घर पूर्ण ध्वस्त भएको थियो । मानवीय क्षति नभएपनि भौतिक क्षति भएको थियो । नेकपाका केन्द्रीय सदस्य शेखरसंगै ६ जनाको टिम तिन दिन देखि अस्थायी आवाज बनाउने काममा खटिएको छ ।

यस्तै नेकपाका केन्द्रीय सदस्य रणदिप सीको नेतत्वमा नेता कार्यकर्ताको टिम जाजरकोटको खलंगामा खटिएको छ ।

भेरी नगरपालिका ३ खलंगाका भूकम्प पीडित एकल महिला देवी घर्ति, पार्वती बस्नेत, भिम शाह,विशाल चन्द्रको घर बनाउन घरको जग तयार गर्ने काम गरेको छ । उनीहरुको पक्कीघरलाई भूकम्पले भत्काएको थियो ।

भत्किएको र चर्कीको घरलाई नेकपा कार्यकताले सफा गरेर जग तयार गरेका हुन । यस्तै नेकपाका कार्यकर्ताले राधिका विकको घरको अस्थायी टहरा पनि आजबाट बनाउने तयारी गरेको नेकपाका केन्द्रीय सदस्य रणदिप सीले जानकारी दिएका छन ।

उता नेकपाको राप्ती,पूर्वी र पश्चिम लुम्बिनी व्यूरोका नेता कार्यकर्ताहरुको टिम पनि रुकुम पश्चिम र सल्लान जिल्लामा अस्थायी आवाज बनाउने काममा एकीकृत घुम्ती सेवा अभियान नै चलाएर लागेका छन् । अभियान टिमले भूकम्प पीडितका दर्जनौं अस्थायी आवासहरु बनाएको समाचार छ ।

यो टिमले गरेको कामको विस्तृत विवरण भोलि (सुक्रवार) साँझ सार्वजनिक गरिने नेकपाका राप्ती व्यूरो इन्चार्ज सविन सीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।