२५ बैशाख २०८१, मंगलवार

अखिल (क्रान्तिकारी) प्यूठानद्धारा प्रक्रिया विना शिक्षक नियुक्ति गरिएकोमा गम्भीर आपत्ति

0

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले प्रक्रिया पुरा नगरी जिल्लाको मुक्ति माध्यमिक विद्यालयमा शिक्षक नियुक्त गरिएको विषयमा गम्भीर आपत्ति प्रकट गरेको छ ।

अखिल (क्रान्तिकारी)का प्यूठान जिल्ला अध्यक्ष प्रशुदा सीले विहिवार एक प्रेश विज्ञप्ति जारी गरी विद्यालयका प्रधानाध्यापक र शिक्षा विकास समन्वय एकाईका प्रमुखको मिलेमत्तोमा शिक्षक नियुक्ति गरिएको भन्दै गम्भीर आपत्ति जनाएका हुन ।

अखिल क्रान्तिकारीले विद्यालय व्यवस्थापन समितिसंग कुनै सल्लाह नगरी नीति,विधि र पद्धतिलाई उल्लंघन गरी आफ्नो मनपरी ढंगले आफ्नै पेरीफेरीका नातागोतालाई अवैधानिक तरिकाले शिक्षक नियुक्ति गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल (क्रान्तिकारी)ले जारी विज्ञप्ति मार्फत नीति विपरित गरिएको निर्णय तुरुन्त सच्याउन सम्वन्धि निकायलाई जोडदार माग गरेको छ ।

अखिल (क्रान्तिकारी)ले निर्णय नसच्याईए कडा संघर्ष गर्न बाध्य हुने र त्यसवाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्वन्धित पक्ष हुनुपर्ने चेतावनी दिएको छ ।

विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।