६ जेष्ठ २०८१, आईतवार

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीद्धारा ‘पूर्वी गर्जन पत्रिका’को विमोचन

0

झापा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले पूर्वी गर्जन पत्रिकाको विमोचन गरेका छन ।

विहिवार झापाको विर्तामोडमा आयोजित पत्रिका सार्वजनिकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी नेता अनिल सीले पत्रिकाको विमोचन गरेका हुन ।

पूर्वी गर्जन मिडिया प्रालिद्धारा प्रकाशित भएको पूर्वी गर्जन मासिक पत्रिका हो । पत्रिकाको विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस चौतारी कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपाने,नेकपा माओवादी झापा इन्चार्ज अग्नि आचार्यलगायतको सहभागीता रहेको थियो ।

विमोचन कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा अतिथिहरु सबैले पत्रिको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य दिएका छन ।
पूर्वी गर्जन मासिक पत्रिकाको पहिलो अंकमा पूर्वमा विप्लवको गर्जन, जनयुद्धलाई अपराधिकरण गर्न खोजे अर्को जनयुद्ध हुन्छ भन्ने शीर्षक रहेको आवरण पृष्ठ रहेको छ ।

यस्तै पत्रिका भित्र हामी धेरैपछि आयौं, नेपाली समाज र सी जातिको बहस, सङ्घर्षको यात्रा, माओवादीहरूको आन्दोलन र समस्या, समाजवादी दिशामा एकीकृत जनक्रान्ति, स्वतन्त्रताको मूर्ति, इजरायल–प्यालेस्टाइन युद्ध, इलाम कम्युनिस्ट पार्टीको इतिहास, क्रान्तिको योद्धा लगायतका विषयहरू समेटिएको छ ।

विमोचन कार्यक्रममा पत्रकार पुरस्कार कोष पनि स्थापना गरिएको छ । हाल २ लाख रुपैयाँबाट कोष स्थापना गरिएको र हरेक वर्ष १ लाख रुपैयाँ कोषमा थप्दै लगिने प्रशान्त सीले जानकारी दिए ।

प्रत्यक बर्ष एकजना पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने लक्ष्य रहेको कोषबाट यस वर्ष बाटै सम्मानको शुरुवात गरिएको छ ।

यस वर्षको उत्कृष्ट पत्रकार घोषणा गर्दै पूर्वाञ्चल दैनिकका समाचार संयोजक तथा आमसंचार डटकमका सम्पादक नरेन्द्र ढकालाई नगद रु १० हजार राशिफलको पुरस्कार सहित सम्मान गरिएको पूर्वी गर्जनका सम्पादक प्रविण अधिकारीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।