८ मंसिर २०८१, शनिबार

साम्राज्यवादको चलखेलका कारण मुलुक गम्भीर संकटमा छः अनिल सी

0

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरही सीले साम्राज्यवादीहरुको चलखेलका कारण मुलुक गम्भीर राजनीतिक संकटमा पुगेको बताएका छन् ।

बिहीबार बिर्तामोडमा आयोजित पूर्वी गर्जन पत्रिकाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अनिलले यस्तो कुरा बताएका हुन् ।

उनले पछिल्लो राजनीतिक घटनाक्रम र नेपाली जनताको अवस्थाको बारेमा बोल्दै अब सबै कम्युनिस्ट बामपंथी र प्रगतिशील शक्तिहरु देश बचाउन एकै ठाउँमा उभिनु पर्ने बताए ।

उनले मुलूकको संकट टार्न मूर्ती बेच्नेहरु समेत पुनः छलकपट गर्दै चलखेल गर्न लागि परिरहेको भन्दै विदेशीको आडमा चलखेल गरे नागार्जुनबाट सँधैका लागि भाग्नु पर्ने चेतावनी दिए ।

‘पूर्व राजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै ‘संक्रमणको फाइदा उठाउँदै कलाकार मार्नेहरु, मूर्ती बेच्नेहरु राजनीतिक समाधान निकाल्ने भन्दै लागि रहेका छन’ उनले भने,‘उनीहरुले समाधान कदापी दिँदैनन्, विदेशीको आडमा चलखेल गरे नागार्जुनबाट सँधैका लागि भाग्नु पर्छ ।’

उनले मुलुकको समस्या हल गर्ने भन्दै नयाँ शक्तिको नाममा विभिन्न व्यक्तिहरु देखिएपनि उनीहरुबाट निकास नआउने जिकिर गरे ।
दलाल पुँजीवादी व्यवस्थाले समाजलाई समाधान नदिएको भन्दै नेता अनिलले अहिलेको प्रणालीमा नै समस्या रहेको औँल्याए ।

उनले अहिलेको संकटको निकास नेपाली विशेषताको समाजवाद मात्र भएको दाबी गरे ।

नेता अनिलले सञ्चार क्रान्तिको अभिन्न अंग भएपनि अहिले सूचना क्रान्ति हो कि प्रतिक्रान्ति हो ? भन्ने प्रश्न जन्मिएको बताए । उनले सञ्चार क्षेत्रको काम भनेको मानिसहरुलाई सूचनाको भ्रमबाट बाहिर ल्याउने रहेको बताउँदै पूर्वी गर्जनले मानिसहरुलाई सहि सूचना दिन सफल होस् भन्दै शुभकामना दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।