६ जेष्ठ २०८१, आईतवार

अखिल नेपाल जनसांस्कृतिक महासंघ मेची ब्यूरोको भेला सम्पन्न,अध्यक्षमा हुकुम सी निर्वाचित

0

झापा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघको मेची ब्यूरोको भेला विहिवार सम्पन्न भएको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासंघको मेची ब्यूरोको भेलाले हुकुम सीको अध्यक्षतामा १० सदस्सीय ब्यूरो समिति निर्वाचित गरेको छ ।
भेलाले उपाध्यक्षमा मदन सी, सचिवमा गोपी सी र कोषाध्यक्षमा रोशनी सीलाई निर्वाचित गरेको छ ।

यस्तै भेलाले व्यूरो समितिका सदस्यहरुमा विज्ञान सी, दिनेश सी, सागर सी, डिपी सी, कुमार सी र अनुकरण सीलाई निर्वाचित गरेको छ ।

भेलाका प्रमुख अतिथि तथा नेकपाका स्थायी समिति सदस्य अनिल विरही सीले सम्वोधन गर्दै हरेक तह र तप्काबाट सबैलाई समेट्ने छाता संगठनका रुपमा अखिल नेपाल जनसांस्कृतिक महासंघ रहेको बताए । उनले साहित्य कला क्षेत्र देखि लिएर सबै क्षेत्रका व्यक्तिहरुलाई समेटेर अगाडि बढे मात्रै क्रान्ति सम्भव रहेको बताए ।

भेलाका विशेष अतिथि तथा संगठनका केन्द्रीय उपाध्यक्ष शोभा दुलालले समाजवादी अभियानमा जनसांस्कृतिक महासंघ सँगै रहेकाले हातमा हात मिलाएर अगाडि बढे परिवर्तनको सम्भावना रहेको बताईन् ।

भेलामा अतिथिका रुपमा नेकपाका केन्द्रीय सल्लाहकार समिति सदस्य होम सी, पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्यूरो इन्चार्ज सुमनसिंह सी, झापा इन्चार्ज प्रशान्त सी, पाँचथर इन्चार्ज सन्तोष सी र पश्चिम झापा इन्चार्ज सञ्जय सी लगायतको उपस्थिति रहेको थियोे ।

भेलाले विभागीय प्रमुखका रुपमा सामना परिवारका तर्फ मदन सी र लेखक साहित्यकार तर्फ हुकम सी लाई जिम्मेवारी सुम्पेको र थप शाखा विस्तार गर्दै जाने निर्णय गरेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।