२५ बैशाख २०८१, मंगलवार

कञ्चनपुरमा एकीकृत युवा तथा विद्यार्थी जागरण अभियान सुरु

0

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले जनजागरण अभियानको उद्घाटन गरेको छ । बिहीबार नेकपाले जिल्लाको ब्रह्मदेवबाट एकीकृत युवा तथा विद्यार्थी जागरण अभियान सुरु गरिएको छ ।

नेकपा कञ्चनपुरले पछिल्लो समयमा बढ्दो भ्रष्टाचार, कमिसनखोरी, सामाजिक विभेद लगायतका अन्य सामाजिक विकृति विसंगतिको विरुद्धमा युवा तथा विद्यार्थीलाई जागृत गर्ने उदेश्यका साथ अभियान उदघाटन गरिएको जनाएको छ ।

नेकपाको उक्त कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य कमल सीले वर्तमान समयमा देखिएका संकटको विरुद्ध सचेत युवा विद्यार्थीले संगठित लाग्नु पर्ने बताए । विभिन्न क्षेत्रमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता तथा लापरवाहीको अन्त्य गर्न सबैको दायित्व हो, उनले भने । अहिलेको संसदीय व्यवस्था भित्र संकट देखिएपछि यो समस्या निम्तिएको उनको भनाइ छ ।

नेकपा कञ्चनपुरका सचिव प्रकाश सीले समाजमा अनेक रूप धारण गरेका व्यक्तिले शक्ति र सत्ताको आडमा सरकारी संयन्त्रको प्रयोग गरी आफू केन्द्रित स्वार्थ पूरा गर्न लागि परेको बताए । उनले भने, “ अहिले कञ्चनपुरमा केही कमिसनखोरको सक्रियताका कारण जनताले सही सेवा सुविधा पाएका छैनन् ।” विभिन्न स्थानीय तहमा निहित व्यक्तिको पकड़ छ जसको कारण जनताले सास्ती झेल्न परेको उनको भनाइ छ । देशमा युवाहरु बेरोजगार हुँदा लागू औषध जस्ता क्रियाकलापमा लागेका छन् यसको नियन्त्रण गर्न सम्बन्धित निकाय चुस्त तरिकाले लाग्नुपर्ने नेता प्रकाशले जिकिर गरे । नेकपाले आजबाट सुरु गरेको जागरण अभियान निरन्तर चल्ने जनाइएको छ । अभियानमा अखिल (क्रान्तिकारी) महाकाली ब्युरो इन्चार्ज शंकर सी, केन्द्रीय सदस्य ललित, जिल्ला संयोजक अनिल सी र युवा संगठनका कञ्चनपुर संयोजक भरत सी लगायत नेताकार्यकर्ताहरु खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।