६ जेष्ठ २०८१, आईतवार

नेकपा कैलालीद्धारा ‘एकीकृत संगठन विस्तार तथा युवा विद्यार्थी जागरण अभियान’ सुरु

0

कैलाली । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कैलाली जिल्लाले ‘एकीकृत संगठन विस्तार तथा युवा विद्यार्थी जागरण अभियान’ विहिबारबाट सुरु गरेकोे छ ।

जिल्लाको लम्कीमा एक कार्याक्रमको आयोजना गरी ‘एकीकृत संगठन विस्तार तथा युवा विद्यार्थी जागरण अभियान’को उद्घाटन गरी सुरु गरिएको हो ।

अभियानको उद्घाटन नेकपाका पिविएम विकल्प सी र सेति व्यूरो इन्चार्ज भगत सीले गरेका छन । अभियानको उद्घटन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उत्पादन विभागका सदस्य गणेश सी,नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य, जिल्लाका सचिव,लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

उल्लेखिय जनताको उपस्थितिमा सुदूरपश्चिमको देउडा खेलेर अभियानको सुरुवात गरिएको नेकपाले जनाएको छ ।

युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन आगामी माघ २० गते देखि कैलालीको धनगढीमा सुरु हुने भएकाले सम्मेलनलाई भव्य रुपमा सफल बनाउन युवा परिचालनका लागि अभियान सुरु गरिएको छ ।

‘एकीकृत संगठन विस्तार तथा युवा विद्यार्थी जागरण अभियान’ माघ २० गते सम्म लक्षित गरिएको छ । अभियानका क्रममा संगठन विस्तार गर्ने र युवा विद्यार्थीलाई जागरण गर्ने नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।