५ आश्विन २०८१, शनिबार

नेकपाका प्रवक्ता प्रकाण्ड र नेसपाका अध्यक्ष बाबुराम बिच भेटवार्ता

0

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेपाल समाजवादी पार्टीका अध्यक्ष बावुराम भट्टराई बिच विहिबार भेटवार्ता भएको छ । काठमाडौको टोखा स्थित छोरी मानुषि यमीको निवासमा दुई नेता बिच भेटवार्ता भएको हो ।

दुई नेता बिच भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक संकट र अवस्थाका बारे गम्भीर छलफल भएको छ ।

भेटबार्तामा काठमाडौं जिल्ला अदालतले नेकपाका नेता माथि जारी गरेको पक्राउ पूर्जीको विषय गम्भीर भएको,परिवर्तन र शान्ति विरुद्धको कदम भएको दुबै नेताले ठहर गरेका छन ।

नेकपाका प्रवक्ता प्रकाण्ड सीले पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई समक्ष प्रतिगामीहरुले परिवर्तनकारी शक्ति विरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको भन्दै प्रतिबादको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

नेसपाका अध्यक्ष भट्टराईले नेकपाले थालेको राजनीतिक आन्दोलन र पहल सकरात्मक भएको भन्दै नेकपामाथि हुने कुनैपनि षड्यनत्रका विरुद्ध नेसपा प्रतिबाद गर्ने प्रतिबद्धता जनाएका छन ।

दुबै नेता बिचको भेटवार्तामा दलाल संसदीय व्यवस्थाको असफलताकै कारण देश चरम संकटतिर गएको,विदेशी हस्तक्षेप बढेको,नेपालमा आर्थिक संकट चरमचुलीमा पुगेको,एनसेलको पछिल्लो काण्ड सार्वजनिक भएको जस्ता विविध विषयमा छलफल भएको बताईएको छ ।

दुबै नेता बिचको भेटवार्तामा नेपालको अबको संकटको निकास समाजवाद भएको विषयमा सहमति भएको छ । प्रवक्ता प्रकाण्डले नेसपालाई समाजवादी मोर्चामा सहभागी हुन पनि आग्रह गरेका छन । नेसपा अध्यक्ष भट्टराईले आफ्नो पाटी पनि छिट्टै समाजवादी मोर्चामा सहभागी हुने बताएका छन । 

सो अवसरमा दुई नेता बिच वामपन्थी तथा प्रगतिशील शक्ति र पार्टीहरु बिचको एकताको विषयमा पनि छलफल भएको छ । नेसपा र नेकपा बिच पनि एकता गर्नुपर्ने विषयमा छलफल भएको छ । नेसपाका अध्यक्ष भट्टराईले नेपाल कम्युनिष्ट पार्टीसंग पार्टी एकता हुन सक्ने र पार्टी एकता गरेर नेकपालाई सघाउने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।