५ आश्विन २०८१, शनिबार

समाजवादी मोर्चाको सचिवालय बैठक बुद्धनगरमा जारी

0

काठमाडौं । चार दलिय समाजवादी मोर्चाको केन्द्रीय सचिवालयको बैठक अहिले जारी छ ।

नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा समाजवादी मोर्चाको सचिवालयको बैठक जारी रहेको हो ।

बैठकमा समाजावादी मोर्चाका सचिवालय सदस्यहरु नेकपाका प्रवक्ता प्रकाण्ड सी,नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ,नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल,र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठको सहभागीता रहेको छ ।

मोर्चाको बैठकले समाजवादी मोर्चाको आगामी कार्यक्रमको बारेमा ठोश निर्णय गर्ने बताईएको छ । बैठकले नेकपाका नेतामाथिको  पक्राउ पूर्जीको बारे पनि गम्भीर आपत्ति जनाउदै यथाशिघ्र अदालतको निर्णय सच्याउन आग्रह गर्ने नेताहरुले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।