७ पुष २०८१, आईतवार

नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा भान्साघरको तयारी हुदै

0

कपिलवस्तु । नेपाल कम्युुष्निट पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा भान्साघरको तयारी हुदैछ ।

नेकपाको स्थायी समिति,पिविएम,केन्द्रीय समिति,प्रतिनिधि समिति,जनबर्गीय संगठन लगायतका विभिन्न संगठनका बैठक र कार्याक्रमहरु हुदा नेकपाको आफ्नै तयारी भान्साघरबाट आफैले उत्पादन गरेको अर्गानिक खाना उपलब्ध हुनेछ ।

नेकपाको केही दिनभित्रै स्थायी समिति,पिविएम,तथा केन्द्रीय समितिको बैठक पनि हुदैछन । नेकपाले अरु होटेलहरुबाट उपलब्ध हुने खाना नास्ता भन्दा सस्तो र गुणस्तरिय खाना र नास्ता उपलव्ध गराउने योजना बनाएको छ ।

नेकपाको भान्साघरमा नेकपाका हरेक नेता तथा कार्यकर्ताहरुले खाना र नास्ता खादा पैसा तिर्नुपर्ने छ ।
तर पैसा तिर्दा सस्तो र सुलभ मुल्यमा तिर्न सकिने नेकपाले जनाएको छ ।

नेकपाले आफुले चलाउने भान्साघरबाट आफैले उत्पादन गरेको चामल,दाल,तरकारी देखि खसी,लोकल कुरा,ब्रोईलर कुखुरा,माछा,वंगुरको मासु उपलब्ध गराउने जनाएको छ ।

नेकपाले आफ्नै आर्गानिक उत्पादनबाट तयार पारिएका खानाका परिकारहरु दिने नेकपाका पिविएम असल सीले जानकारी गराएका छन ।
अहिले नेकपाका पिविएम असलको नेतृत्वमा केन्द्रीय कार्यालय परिसरमा भान्साघर बनाउने काम भइरहेको छ ।

भान्साघर बनाउने काममा नेकपाको केन्द्रीय कार्यलयको टिम र अन्य कार्यकर्ताहरु खटिएका छन ।

नेकपाले आत्मनिर्भर पार्टीको नीति अनुसार कपिलवस्तुमा धानखेति,तरकारी खेति,माछापालन,वंगुर पालन,कुखुरा पालन लसुन खेति लगायतको उत्पादनका कामहरु गरिरहेको छ ।

नेकपाका नेता तथा कार्यकर्ताहरु भान्साघर संचालनका लागि आजभोली टेन्ट हाल्ने काममा खटिएको पत्रकार मनबहादुर सहकारीले जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।