कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी सेती ब्यूरोले नेकपाका महासचिव विप्लव सी मार्फत केन्द्रीय कार्यालयमा रोप्नकोलागि नयाँ मालपुवा जातको केराको बेर्ना हस्तान्तरण गरेको छ ।
नेकपाका सेती ब्यूरो इन्चार्ज भगतसिंह सी र कैलाली जिल्ला इन्चार्ज प्रकाश सी सहितका नेताहरुको टिमले सोमबार विहान महासचिव विप्लव मार्फत मालपुवा जातको केराको बेर्ना हस्तान्तरण गरेका हुन् ।
नयाँ जातको केराको बेर्ना ग्रहणपछि महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सी लगायतका स्थायी समितिका नेताहरुले सेति ब्यूरो र कैलाली जिल्ला पार्टीलाई धन्यवाद दिएका छन् ।
नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुमा केराको बेर्ना हस्तान्तरण कार्यक्रममा महासचिव विप्लवसंगै नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी,सन्तोस सी, अनिल सी, भरत सी र शिलु सीको उपस्थिति रहेको थियो ।
कैलाली जिल्लाको खानडाँडा र रतिपुरका स्थानीय जनताको सहयोगबाट प्राप्त उक्त केराको बेर्ना कपिलवस्तुको कार्यालय परिसरमा रोपिने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।