४ जेष्ठ २०८१, शुक्रबार

नेकपाको पोलिट ब्यूरो बैठकमा पिविएमहरुद्धारा धारणा राख्ने क्रम सुरु

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको पोलिट ब्यूरो बैठक आज विहान ९ः२० बजेबाट पुन सुरु भएको छ । बैठकमा पोलिट ब्यूरो सदस्यहरुले महासचिवको प्रस्तावमाथि धारणा राख्ने क्रम सुरु गरेका छन ।

आईतबार देखि कपिलबस्तुको केन्द्रीय कार्यालय शिवगढीमा सुरु भएको बैठक नसकिएपछि आज विहानबाट पुनः सुरु भएको हो । आईतबारको बैठकमा महासचिव विप्लवले “सीसी विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” पेश गरेका थिए ।

बैठकमा प्रस्ताव पेशसंगै महासचिव विप्लवले उद्घाटन मन्तव्य दिदै अदालतको पक्राउ पूर्जी एमसीसी र क्रिश्चियनहरुको राजनीति विरुद्ध आफ्नो पार्टीले चलाएको संघर्षबाट त्रसित भएर अमेरिकाले अदालतमा रहेका आफ्ना दलाल प्रयोग गरेर हमला गरेको बताए ।

महासचिव विप्लवले वार्ता छलफल कुटनीतिक भेटघाटले होईन,आफ्नो शक्ति सुदृढ गरेर मात्रै प्रतिरोध गर्न सम्भव हुने बताए ।

उनले भने ‘ओली सरकारसंग भएको ३ बुँदे कार्यान्वयन गर्न तयार भएनन् भने प्रतिरोध गर्नुपर्छ । दलाल पुँजीवादले हामीलाई आत्मसमर्पण वा भूमिगत जान बाध्य पारेर क्रान्तिकारी र देशभक्त धार समाप्त गर्न चाहेको छ । तर हामी उसको सबै षड्यन्त्र विरुद्ध लड्न आवश्यक छ ।’

महासचिव विप्लवले एमसीसी र क्रिश्चियनीकरण विरुद्ध देशभक्त शक्तिलाई एकतामा ल्याएको कारण अमेरिका आफू विरुद्ध आएको दाबी गरे ।
उनले संसदवादी पार्टीहरु भ्रष्टाचारमा डुबेका कारण बोल्न नसेको भन्दै पक्राउ पूर्जी अमेरिकी निर्देशनमा कानूनी मोर्चाबाट गरेको दलाल पुँजीपतिवर्गको आक्रमण भएको ठोकुवा गरे ।

महासचिव विप्लवले समाजवादी मोर्चा मार्फत नेकपालाई संसदवादमा धकेल्न चाहेको भएपनि त्यो षड्यन्त्र प्रत्युउत्पादक भएपछि दबाव दिन अदालतलाई प्रयोग गरेको बताए ।

बैठकमा पोलिट ब्यूरो सदस्यहरुले धारणा राख्नेक्रम सकिएपछि महासचिव विप्लवले छलफल गर्ने बताईएको छ ।  पोलिट ब्यूरोको बैठक आजै सकेर केन्द्रीय समितिको बैठक बस्ने नेकपाको तयारी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।