५ आश्विन २०८१, शनिबार

नेकपाको पोलिट ब्यूरो बैठक पुनः सुरु,बाँकी सदस्यहरुले धारणा राख्दै

0

कपिलबस्तु । नेकपाको शिबगढाीमा जारी पोलिट ब्यूरो बैठक पुनः सुरु भएको छ । दिउसो ४ बजेबाट पोलिट व्यूरोको बैठक सुरु भएको बताईएको छ ।

खाना आएर केन्द्रीय समितिको बैठक सुरु गर्नको लागि स्थगित भएको पिविको बैठक फेरी सुरु भएको हो ।

बैठकमा महासचिव विप्लव सीले पेश गरेको “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने प्रस्तावमाथि धारणा राख्न बाँकी पोलिट ब्यूरो सदस्यहरुले धारणा राखिरहेका छन ।

धारणा राख्ने पोलिट ब्यूरो सदस्यहरुले महासचिवको प्रस्ताव ठोश परिस्थितिको ठोश विश्लेषण गरेर आएको भन्दै सहमति जनाएका छन । पोलिट ब्यूरो बैठक आज अबेर सम्म भएपनि सक्ने योजना रहेको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।