कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले महासचिव विप्लव सीले पेश गरेको “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्तावमाथि अध्ययन गरी सुझाव दिन समूहगत छलफल गरेका छन ।
सोमवार शिवगढीमा अबेर सम्म केन्द्रीय सदस्यहरुले विभिन्न समूह विभाजन गरी समूहगत अध्ययन सहित सुझाव संकलन गरेका हुन ।
भोलि विहान ८ बजेबाट नवौं केन्द्रीय समितिको विशेष बैठक सुरु हुदैछ ।
आज दिउसो केही समयका लागि सुरु भएको केन्द्रीय समितिको बैठकमा महासचिवको “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश भएको थियो । समूहगत छलफलको सुझाव भोलिबाट सुरु हुने बैठकमा पेश हुने छ ।
फोटोहरु
प्रतिक्रिया दिनुहोस्